झापामा लोकतान्त्रिक गठबन्धनमा ठूलो धक्का लागेको छ । राप्रपाले काँग्रेससंग गठबन्धन नगर्ने भएको छ । काँग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलाले झापा क्षेत्र नं. ३ राप्रपालाइ छाड्न इन्कार गरेपछि गठबन्धन तोडिएको हो ।
राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनलाइ यहाँ छाड्ने निर्णयबाट काँग्रेस पछि हटेपछि राप्रपासंग दुरी बढेको छ । लिङदेन यहिबाट उठ्ने राप्रपाले निर्णय गरेको छ भने काँग्रेसले पनि यहिबाट सिटौलालाइ लडाउने भएको छ ।
यता झापामा गठबन्धन तोडिएपछि झापा क्षेत्र नं. १ बाट उम्मेदवारी दिने तथा ५ नम्बरमा समेत चर्चा चलाइएका बिश्वप्रकाश शर्मालाइ पनि धक्का लाग्ने बिश्लेषण हुन थालेको छ । राप्रपाले काँग्रेसका उम्मेदवार हराउन बाम गठबन्धनलाइ सहयोग गर्ने आन्तरिक सहमति भइसकेको श्रोतको भनाइ छ ।
झापाको क्षेत्र नं. ३ मा कडा टक्कर हुने देखिएको छ । काँग्रेस, राप्रपा र एमालेका उम्मेदवार नै यहाँ प्रभावशाली मानिन्छन् । एमालेका उम्मेदवार पुष्प पोखरेलले एकपटक सिटौलालाइ हराइ पनि सकेका थिए ।




