बिष्णुप्रसाद पोखरेल
दमक/राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन झापा क्षेत्र नं. ३ मा बाम गठबन्धनको उम्मेदवार बन्ने सम्भावाना बढेको छ । काँग्रेस र राप्रपाबीचको चुनावी तालमेल फेल खाएपछि लिङ्देन एमालेको गठबन्धनको पक्षमा उभिएको बताईएको छ । यसले राप्रपा अध्यक्ष कमल थापा समेत अप्ठेरोमा परेको जनाइन्छ ।
थापाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाइ भेटेर आफ्ना नेता लिङ्देनलाइ ३ नम्बर छाडेमा मेची अञ्चलका सबै निर्वाचन क्षेत्रमा सघाउने बचन दिएको एमाले श्रोतको भनाइ रहेको छ ।
लिङ्देनले पनि अब मेचीमा काँग्रेससंगको गठबन्धन तोडिएको बताइसकेका थिए । उनि देशभर नै गठबन्धन तोडनु पर्ने पक्षमा रहेको समेत उनि निकटस्थहरुले बताएकाछन् ।
एमालेका पुष्प पोखरेलले झापा ३ मा छाडेको अवस्थामा अब काँग्रेसका प्रभावशाली नेता सिटौलालाइ ठूलो चुनौती हुने देखिएको छ ।
लिङ्देनले छाड्ने बिषय सहमति नजिक पुगेको र मेची अञ्चलमा गठबन्धनमा राप्रपा सामेल हुने सम्भावाना रहेको एमाले श्रोतले बतायो । यसले पुर्वी नेपालको मेची अञ्चलमा बाम गठबन्धन बलियो हुने भएको छ ।



