दमक/झापाको क्षेत्र नं. १ बाट राम कार्की प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने पक्का भएको बताईएको छ । यसभन्दा अगाडि २ नम्बर क्षेत्रमा कार्की उम्मेदवार बनाउने बताइएपनि अन्तिम अवस्थामा गठबन्धनले १ नम्बर क्षेत्रमा उम्मेदवार बनाउने निश्चित भएको हो जनाईएको छ ।
२ नम्बरमा एमाले नेतृ पबित्रा खरेल उम्मेदवार रहेकीछन् । बाम गठबन्धनले महिलाहरुलाइ प्राथमिकता नदिएको भन्ने आलोचना शुरु भएपछि कार्कीलाइ १ नम्बर क्षेत्रमा उठाउने निर्णय भएको गठबन्धन श्रोतले बताएको छ । यहाँ कार्की र नेपाली काँग्रेसका नेता बिश्वप्रकाश शर्मासंग प्रतिस्पर्धा हुने भएको छ । कार्की पूर्व सूचना तथा सञ्चारमन्त्री हुन् ।



