संघीय समाजबादी फोरम नेपालले झापाको क्षेत्र नं. ५ बिश्वदीप लिङदेनलाइ उठाउने भएको छ । पहिलो संबिधानसभा निर्वाचनमा केपी शर्मा ओलीलाइ हराएर उनि चर्चित भएका थिए । त्यो समय उनि माओबादीको तर्फबाट उम्मेदवार बनेर यहाँ आएका थिए ।
यस पटक उनि उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजबादी फोरमबाट उम्मेदवार बन्ने निश्चित भएको जनाईएको छ । फोरमले आज उम्मेदवारहरुको नाम सार्वजनिक गर्दा ५ नम्बरबाट उनको नाम आएको हो ।



