झापा / हात्तीको आक्रमणबाट मंगलबार साँझ झापा भद्रपुर नगरपालिका-१० का ३७ बर्षीया दुर्गाबहादुर कटुवालकाे मृत्यु भएकाे छ । हात्ती लखेट्ने क्रममा कटुवाललार्इ हात्तीकाे सुडले पछारेकाे थियाे ।
घाइते कटुवाललार्इ उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर लैजाँदै गर्दा बाटैमा उनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । पुर्बेलिन्युजमा खबर रहेको छ।
चारआली जंगलबाट निस्केका चारवटा हात्ती गाउँ पसेपछि स्थानीयले लखेट्ने प्रयास गरेका थिए । साेही क्रममा कुटवाललाई हात्तीले जंगल छेऊमा आक्रमण गरेको स्थानीय हीरा पोखरेलले जानकारी दिनुभयाे ।
एक महिनादेखि सो क्षेत्रमा चारवटा हात्तीले उपद्रो मच्चाउँदै अाएका छन् ।



