केशव न्यौपाने/ रङ्गेली 
मोरङको सुनवर्सि नगरपालिका स्थित झुङगी टोलका मानिक चन्द ऋषिदेवले पैसाकै अभावमा उपचार गर्न नसकेको बताउनु भएको छ । दुईवटा खुट्टा पोलियो रोगबाट अपांग भए पछि मानिक चन्द ऋषिदेवलाई अहिले आफ्नो ७ जनाको परिवार पाल्न सकस परिरहेको छ ।
आफु पाँच बर्षको उमेरमा सामान्य खुट्टा दुखेको समस्या बाट पिडित भएको मानिकले बताउनु भयो ।
आर्थिक अबस्था निकै कमजोर भएको कारण समयमै उपचार नहुदा अहिलेसम्म दुख भोग्नु परेको उहाँ बताउनु हुन्छ ।
४ दशक अगाडि पोलियो रोगले उनको दुईवटै खुट्टा गुमाउनु परेको हो । सामन्य परिवारमा जन्मिएका मानिकको घरमा आमा पोसिया देवी ऋसिदेव, बुबा धनाई ऋषिदेव,श्रीमती ललिता ऋषिदेव,र दुई छोरी, एक छोरा गरि ७ जनाएको परिवार दुख गरेर पालिरहेको बताउनु हुन्छ ।

आधा दसक अगाडिदेखि मानकले एउटा साने साईकल मर्मत गर्ने दोकान खोलेर आफ्नो परिवार पालिरहनु भएको छ ।उहाँलाई उक्त साईकल मर्मत पसल खोल्नको लागि लुथरन समुदायक कल्याण समाजले ४ हजार रुपैयाँ चन्दा दिएर सो साईकल मर्मत पसल खोलिदिएको हो ।

बार्षिक ५ हजार रुपैया भाडामा लिएर दस धुर जग्गामा सानो घर बनाएर बसोवास गर्नुभएका मनिके एक दिनम साईकल मर्मत गरे बापत ३ सय रुपैया देखि ४ सय रुपैयाँ सम्म कमाउनु हुन्छ ।

‘एक जनाको कमाईले सात जनाको परिवार पाल्न बाध्य भईरहेको छ’ मानिक भन्नुहुन्छ । ‘आफु अपांग छु आमा,बुबा काम पनि गर्न सक्नु हुन्न पत्निले कहिलेकाही मजदुरी गर्ने जान्छिन । ’ मानिकका छोराछोरी समेत सानै उमेरका भएकाले उनीहरुलाई राम्रो साग पढाउन समेत नसकेको मन खिन्न पार्नु हुन्छ ।उहाँकी जेठि छोरी ७ बर्षकि छिन ,माईली,६ बर्ष र छोर २ बर्षको रहेका छन् । उर्लाबारी पेज मा खबर रहेको छ।

‘छोरा,छोरी लाई धेरै पठाउन नसके पनि यसो दुई चार अक्षर भए पनि पढाउनै पर्याे कापी ,कलम,लुगा किन्दीनै पर्यो जन्म दिने आमा बुबा पाल्नै पर्यो ।’ गहभरि आँशु पार्दै मानिक भन्नुहुन्छ ‘ अन्तै काम गर्ने जाउँ भने दुवै खुट्टा अपांग छ कसैले काम पनि दिदैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah