प्रदेश नम्वर १ अन्तर्गत झापा जिल्लाका सबै निर्वाचन क्षेत्रमा बाम गठबन्धनले उम्मेदवारी टुंगो लगाएका छन् । क्षेत्र नम्वर २, ४ र ५ एमाले, १ माओवादी केन्द्र र ३ राप्रपाबाट उम्मेदवारी दिने सहमति अनुसार उम्मेदवार चयन गरेका हुन् । माओवादी केन्द्रले १ बाट पूर्व संचारमन्त्री राम कार्कीलाई उठाएको छ भने आफ्नो भागमा परेको दुई प्रदेश सभाका पनि उम्मेदवार चयन गरेको छ ।
४ क बाट माओवादी जिल्ला इन्चार्ज झलकसिंह दर्लामी सन्देश र ३ ख बाट पूर्ण राजवंशीलाई उठाएको स्रोतले जानकारी दिएको छ । यता, एमालेले भने ५ बाट अध्यक्ष केपी शर्मा ओली तथा प्रदेश क बाट हिक्मत कार्की र ख बाट अर्जुन राईलाई उम्मेदवार बनाएको छ ।
१ नम्वर प्रदेश सभाको क मा श्रीप्रसाद मैनाली र ख मा गोपाल बुढाथोकीलाई टिकट दिएको छ । झापा ४ मा एलपि साँवा र प्रदेश ख मा हीरा थापालाई उम्मेदवार बनाएको छ ।
क्षेत्र नम्वर २ मा भने अग्नी खरेल वा पवित्रा पौडेल मध्ये एकलाई टिकट दिने निर्णय भएको छ । त्यसका लागी अहिले पनि स्थायी समितिको बैठक जारी रहेको छ । जारी बैठकले बाकी रहेका स्थानमा समेत उम्मेदवार टुंगो लगाउने महासचिव इश्वर पोखरेलले जानकारी दिनुभयो ।



