काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौला समानुपातिक उम्मेदवार बन्न तयार नहुनुभएपछि झापाको निर्वाचन क्षेत्र नं. ३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनसँग सिटौलाको प्रतिस्पर्धा हुने भएको छ ।

तीन गाउँपालिका र एक नगरपालिका रहेको सो निर्वाचन क्षेत्रको दुई गाउँपालिकामा राप्रपा विजयी भएको छ भने एउटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष काङ्ग्रेसले हात पारेको छ र नगरपालिकाको नेतृत्व एमालेसँग छ ।

२०६४ सालको संविधानसभा निर्वाचनमा राप्रपा नेपालले कुल २०२ मत प्राप्त गरेको सो चुनाव क्षेत्रमा २०७० को संविधानसभा निर्वाचनमा उक्त दलका उम्मेदवार राजेन्द्र लिङ्देनलाई नौ हजार पाँच सय मत प्राप्त भएको थियो । काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौला करिब चौध हजार मत पाएर विजयी बन्नुभएको थियो ।

सिटौला यसपटक पनि सो क्षेत्रबाट आफू विजयी बन्नेमा विश्वस्त हुनुहुन्छ । तर, राप्रपा नेता राजेन्द्र लिङ्देनले जुन अनुपात र गतिमा मत बढाएका छन् यसलाई हेर्दा सिटौलालाई सजिलो हुने देखिँदैन ।

उक्त निर्वाचन क्षेत्रमा एमालेको ६,४०० र माओवादीको ६,२०० मत रहेको विगतको निर्वाचन परिणामले देखाएको छ । सिटौला र लिङ्देनबीचको प्रतिस्पर्धामा वामपन्थी मत निर्णायक हुन सक्ने ठानिन्छ । वामपन्थीहरूले उम्मेदवारी दिँदा र नदिँदा पनि मुख्य प्रतिस्पर्धा सिटौला र लिङ्देनबीच हुने भएकोले वामपन्थी मत निर्णायक हुने देखिएको हो ।

सो निर्वाचन क्षेत्रमा वामपन्थीहरूले कसैलाई पनि उम्मेदवार नबनाउने भएपछि कृष्णप्रसाद सिटौला र राजेन्द्र लिङ्देन दुवैले वामपन्थीको मत आफूलाई प्राप्त हुने ठानेका छन् । तर, जनसाधारण भने अलिक बढी लिङ्देनतिर नै आकर्षित भएको पाइएको छ ।

यो निर्वाचनमा लिङ्देन पराजित बनेको अवस्थामा पनि उहाँको राजनीतिक भविष्यलाई धेरै फरक नपर्ने देखिन्छ, तर कदाचित सिटौलाले लिङ्देनसँग पराजित हुनुप¥यो भने उहाँको राजनीतिक भविष्यमा पूर्णविराम लाग्ने निश्चित मानिएको छ । समानुपातिकमा सिट सुरक्षित हुँदाहुँदै सिटौला यति ठूलो जोखिम उठाउन किन तयार हुनुभएको हो, उहाँका शुभचिन्तकह

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah