आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीलाई मतदान गर्न दिन सकिने नसकिने बारे निर्वाचन आयोगले अध्ययन थालेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आयोगबाट स्वीकृत फोटासहितको मतदाता नामावलीमा नाम भएका कर्मचारी तथा सुरक्षाकर्मीलाई समानुपातिकमा मतदान गर्ने व्यवसथा बारे अध्ययन भइरहेको बताएका हुन् ।
उनका अनुसार यसबारे अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति बनाइ काम अगाडि बढाइएको छ । समितिको सुझाव अनुसार व्यवस्था गरिने जनाइएको छ ।
ad
निर्वाचन आयोग स्रोतका अनुसार यसबारे अग्रिम मतदान वा अन्य उपायबाट मतदान गर्ने व्यवस्था हुनसक्ने बताइएको छ । यसअघि निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले मतदान गर्न नपाउने आयोगले जनाएको थियो । यस बारे सर्वोच्चमा रिट परेपछि आयोगले अध्ययन थालेको हो । निर्वाचनमा खटिने कर्मचारीले मतदान गर्न पाउनुपर्ने भन्दै महान्याधिवक्ताको कार्यालयमा कार्यरत भरत कुमार मैनालीले रिट दायर गरेका थिए ।
यसबारे बुधबार सर्वोच्चमा निवेदकको पक्षबाट बसह भएको थियो । यसबारे १५ दिनभित्र जवाफ दिन सर्वोच्चले आदेश दिएको छ ।



