काठमाडौं–आगामी प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा झापामा रोचक भिडन्त हुने देखिएको  छ । झापाबाट एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका पूर्व महामन्त्र कृष्ण प्रसाद सिटौला, यूवा नेता विश्वप्रकाश शर्मा, माओवादी केन्द्रका नेता राम कार्की, राप्रपाका राजेन्द्र लिङ्देन लगायतका नेताहरु चुनावी मैदानमा उत्रिएका छन् ।

झापा ५ बाट पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली उठ्दैछन् भने क्षेत्र नं. १ का बाम गठन्धनबाट माओवादी नेता राम कार्की उठ्ने पक्का भएको छ । नेपाली कांग्रेस यूवा नेता विश्वप्रकाश शर्मालाई क्षेत्र नं. १ को टिकट दिइने भएको छ ।

यस्तै क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र राप्रपाका राजेन्द्र लिङदेनबिच प्रतिष्पर्धा हुने भएको छ ।

प्रतिनिधिसभातर्फ झापामा ५ निर्वाचन क्षेत्र रहेका छन् । झापामा कुल ५ लाख ८५ हजार २ सय २८ मतदाता छन् । झापामा ५ निर्वाचन क्षेत्रमा स्थानीय तहको निर्वाचनमा प्रमुख तथा वडा अध्यक्षहरुले पाएको मतका आधारमा हामीले ती क्षेत्रमा दलहरुको अवस्थाको आंकलन गरेका छौँ । हामीले यहाँ प्रयोग गरेको मत संख्या स्थानीय तहमा पाएको मतको मोटामोटी मतसंख्या हो । रतोपाटिमा खबर रहेको छ।

झापा क्षेत्र नं. १ 
झापा क्षेत्र नं. १ मा मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिकाका वडा नं. ९ र १०, बुद्धशान्ति गाँउपालिकाका वडा नं. ४, ५, ६ र ७ पर्दछन् । क्षेत्र नं. १ मा १ लाख ९ हजार ६ सय ७६ मतदाता छन् ।
यो क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा प्रमुख तथा वडा अध्यक्षहरुले मतका आधारमा नेपाली कांग्रेसको  २५ हजार ५ सय १ मत देखिन्छ भने एमालेको २५ हजार ६३ मत छ । यस्तै माओवादी केन्द्रले ९ हजार ८ सय ८८ मत र राप्रपाको १ हजार ३ सय ३३ र संघीय समाजवादी फोरमले ४ सय ७० मत छ । यस आधारमा यहाँ एमाले र माओवादी बाम गठबन्धनको ३४ हजार ९ सय ५१ मत हुन आँउछ । जुन मत नेपाली कांग्रेसले पाएको मत भन्दा ९ हजार ४ सय ५० बढी हो ।

झापा क्षेत्र नं. २    
झापा क्षेत्र नं. २ मा अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, र ९ पर्दछन् । यस्तै बुद्धशान्ति गाँउपालिका वडा नं. १, २, र ३ पर्दछन भने कन्काई नगरपालिकाका वडा नं. ८ र ९ पर्दछन् । क्षेत्र नं. २ मा १ लाख १४ हजार ३ मतदाता रहेका छन् ।
स्थानीय तहमा यो क्षेत्रमा नेपाली कांग्रेसको २२ हजार ५ सय ८५ मत देखिन्छ भने एमालेको २८ हजार ७ सय २४, माओवादी केन्द्रको ७ हजार ५ सय ३, राप्रपाको ४ हजार ९ सय ४० मत देखिन्छ । यस्तै फोरम लोकतान्त्रिकको ५० र संघीय समाजवादी फोरमको ४ सय ३१ मत छ ।
यहाँ बाम गठबन्धनको मत एकैठाँउमा मिसाँउदा ३६ हजार २ सय २७ हुन्छ जुन नेपाली कांग्रेसको मत भन्दा १३ हजार ६ सय ४१ मत बढी हो । यहाँ राप्रपाको झन्डै ५ हजार मत रहेको छ । क्षेत्र नं. ३ मा नेपाली कांग्रेसले उम्मेदवार बनाँउने भएपछि राप्रपा बाम गठबन्धनतिर लागेको छ । यदी यो मत पनि बाम गठबन्धनतिर जाने हो भने प्रत्यक्ष तर्फको निर्वाचनमा नेपाली कांग्रेस भारी मतले पछाडि पर्ने देखिन्छ ।

झापा क्षेत्र नं. ३ 
झापा क्षेत्र नं. ३ अन्र्तगत बाह्रदशी गाँउपालिका, हल्दीबारी गाँउपालिका, कचनकवल गाँउपालिका, भद्रपुर नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७ र ८ वडा र बिर्तामोड नगरपालिकाको वडा नं. ८ पर्दछ । यो क्षेत्रमा आगामी निर्वाचनका लागि १ लाख १४ हजार ५ सय ८६ मतदाता रहेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा झापा ३ मा नेपाली कांग्रेसले २० हजार ५ सय ४५, नेकपा एमालेले १९ हजार ८ सय ८०, माओवादी केन्द्रले ९ हजार ५ सय ८८, राप्रपाले १४ हजार १ सय ५, फोरम लोकतान्त्रिकले २ सय ५ र संघीय समाजवादी फोरमले ७ सय ८६ मत पाएको थियो ।
यस आधारमा यहाँ बाम गठबन्धन सहित राप्रपाको मत मिसाँउदा ४३ हजार ५ सय ७३ हुन्छ । जुन नेपाली कांग्रेसले पाएको मत भन्दा २३ हजार २८ मत बढी हो ।
यहाँ नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला र राप्रपाका नेता राजेन्द्र लिङ्देन बिच प्रतिष्पर्धा हुने भएको छ । झापामा कांग्रेससँगको गठबन्धन तोड्दै राप्रपाले एमालेसँग तालमेल गरेको छ । यो क्षेत्रमा बाम गठबन्धनको सहयोगमा राप्रपाका लिङ्देनले जित हात पार्ने देखिएको हो ।

झापा क्षेत्र नं. ४ 
झापा क्षेत्र नं. ४ मा झापा गाँउपालिका, गौरादह नगरपालिका वडा नं. ९, गौरीगञ्ज नगरपालिका वडा नं. १ र २, कन्काई नगरपालिका वडा नं. १, २, ३, ४, ५, ६, ७ र शिवशताक्षी नगरपालिका पर्दछन् । यो क्षेत्रमा आगामी निर्वाचनका लागि १ लाख ९ हजार ४ सय १ मतदाता रहेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा क्षेत्र नं. ४ मा  मोटामोटी रुपमा नेपाली कांग्रेसको २२ हजार ९ सय २९, एमालेको २६ हजार ४ सय १४, माओवादी केन्द्रको ९ हजार ६ सय ९९, राप्रपाको १९ सय ४२, फोरम लोकतान्त्रिकको ६ सय ३९ र संघीय समाजवादी फोरमको १ सय २९ मत रहेको छ ।
यसआधारमा यहाँ बाम गठबन्धन सहित राप्रपाको मत जोड्दा ३८ हजार ५५ हुन्छ । नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकको मत जोड्दा २३ हजार ५ सय ६८ हुन्छ । अर्थात यहाँ बाम गठबन्धनको पक्षमा नेपाली कांग्रेसको भन्दा १४ हजार ४ सय ८७ मत बढी देखिन्छ ।

झापा क्षेत्र नं. ५  
झापा क्षेत्र नं. ५ मा गौरीगंज गाँउपालिकाका वडा नं. ३, ४, ५ र ६, गौरादह नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७ र ८, दमक नगरपालिका र कमल नगरपालिका पर्दछन् । यो निर्वाचन क्षेत्रमा १ लाख ३७ हजार ५ सय ६२ मतदाता छन् ।

गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा नेकपा एमाले पहिलो दल बनेको थियो । मोटामोटी रुपमा नेपाली कांग्रेसको २३ हजार २ सय ५०, नेकपा एमालेको २९ हजार ४ सय ६०, माओवादी केन्द्रको १३ हजार ५ सय ८३, राप्रपाको १० हजार २ सय २२, फोरम लोकतान्त्रिकको ११ सय ९४ र संघीय समाजवादी फोरम लोकतान्त्रिकको १ हजार ३४ मत रहेको छ ।

यसआधारमा यहाँ बाम गठबन्धन सहित राप्रपाको मत जोड्दा कूल ५३ हजार २ सय ६८ हुन्छ । यस्तै नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकको मत जोड्दा २४ हजार ४ सय ४४ हुन्छ । अर्थात यहाँ बाम गठबन्धनको नेपाली कांग्रेसको भन्दा २८ हजार ८ सय २४ मत धेरै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah