कांग्रेसबाट समानुपातिक सूचीमा परेका कांग्रेस नेता मीन विश्वकर्मा प्रत्यक्ष तर्फका पनि उम्मेदवार बनेका छन् । निर्वाचन आयोगमा बुझाइएको बन्द सूचीमा विश्वकर्माको नाम छ । तर, कांग्रेसले केहीबेर अघि सुनसरी १ बाट विश्वकर्मालाई उम्मेदवार बनाएको छ ।

समानुपातिक सूचीमा नाम संसोधनपछि पनि विश्वकर्माको नाम झिकिएको थिएन । तर, आज दिउसो विश्वकर्मालाई प्रत्यक्षमा उम्मेदवार बनाइएको हो । समानुपातिकमा उम्मेदवार कायम भइरहेका बेला प्रत्यक्षमा पनि नाम आएका विश्वकर्माले आफ्नो रुची प्रत्यक्षमा पनि भएको बताए ।
समानुपातिकमा उम्मेदवार भइसकेपछि फेरि प्रत्यक्षमा उम्मेदवार बन्न मिल्छ त भन्ने प्रश्नमा उनले भने, ‘मेरो रुची प्रत्यक्षमा निर्वाचन लड्ने हो । अहिले प्रत्यक्षमा नाम आएको छ । उम्मेदवारका विषयमा मिलाउने कानुनी व्यवस्था के हुन्छ निर्वाचन आयोगसँग छलफल हुँदैछ ।’ कांग्रेसले टुंग्याउँदै गरेको उम्मेदवारको सूचीमा अरु उम्मेदवारको नाम प्रिन्ट गरिए पनि विश्कर्माको नाम हातले थपिएको छ । ईनया पत्रीका बाट सभार



