नेपाल आयाल निगमले आजबाट लागु हुने गरी इन्धनको मुल्यमा बृद्धि गरेको छ । पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा निगमले मुल्यवृद्धि गरेको हो ।
नया मुल्य अनुसार पेट्रोलको भाउमा प्रतिलिटर दुई रुपैया बढाइएर एक सय रुपैया पुगेको छ । खाना पकाउने एलपी ग्यासमा भने २५ रुपैया बढाएर १३ सय ५० बनाइएको छ । डिजेल र मट्टितेलमा भने एक रुपैया ५० पैसा बढाएर ७५ रुपैया ५० पुगेको छ । इन्डीयन आयल कर्पोरेसन्सले नया मुल्य अनुसार भाउ बढेकाले बृद्धि गर्नुपरेको निगमले जानकारी दिएको छ ।
आईओसीले अंग्रेजी महिना अनुसार एक र १६ तारिखमा नया मुल्य सूची पठाउँछ । निगमले बढाएको मुल्य अनुसार पेट्रोलमा अब प्रतिलिटर साढे पाच रुपैया, मट्टितेल मा१६ रुपैयामा २ पैसा नाफा रहेको छ ।
डिजेलमा ७५ पैसा र ग्यासमा प्रतिसिलिन्डर २ सय १५ रुपैया घाटा रहेको निगमले जनाएको छ ।



