झापाको तोपगाछीका पूर्व जनप्रतिनिधि पदम पौड्याल टिकट पाउने बिश्वासका साथ काँग्रेस प्रवेस गरेपनि उनले टिकट पाएनन् । उनले आफू एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्रमा नै निर्वाचन लड्न आउने भन्दै काँग्रेसमा गएका थिए ।
काँग्रेसले प्रदेशसभा सदस्यका लागि टिकट दिने बिषयमा चर्चा चलेपनि स्थानीय पार्टी कमिटीहरुले आपत्ती जनाउदै केन्द्रको ध्यानकर्षण गराएका थिए ।
उनिहरुले लिखित रुपमा नै केन्द्रलाइ पत्र लेख्दै आफूहरु पौड्याल उम्मेदवार भए निर्वाचनमा ननिस्कने बताएपछि उनले टिकट नपाएको श्रोतको भनाइ रहेको छ ।
पौड्याल लामो समयदेखि काठमण्डौमा बस्दै आएका थिए । उनि साबिक तोपगाछी गाबिसका पर्ब अध्यक्ष हुन् । उनले स्थानीय तहमा पनि अध्यक्ष पाउनु पर्ने माग गरेका थिए ।
एमालेले टिकट नदिएपछि उनि अहिलेको निर्वाचनमा टिकट पाउने आशामा थिए । कतैबाट सिफारीसमा नपरेछि उनि काँग्रेसमा प्रवेस गरेका थिए ।



