
नेकपा एमालेका सचिव योगेश भट्टराईले कम्यूनिष्टको हौवा खडा गरेर नेपालमा दक्षिणपन्थि अधिनायकबाद लाद्न खोजेको बताउनुभएको छ । चुनावि अभियानका विषयमा जानकारी दिन प्रेशचौतारी ताप्लेजुङले विहिबार विहान ताप्लेजुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचार विभाग प्रमुख समेत रहनुभएका सचिव भट्टराईले नेपालमा बाम एकता भएपछि काँग्रेशले आतिएर दक्षीण तर्फका राष्ट्रमा गलत प्रचार गरीरहेको बताउनुभएको हो ।
अहिलको आवस्यकता र देशलाई विकासको गतिमा लैजान बाम एकता गरे पनि त्यसलाई गलत अर्थ लगाउँदै काँग्रेश लगायतका केहि शक्तिहरुले भारत, अमेरीका लगायतमा देशमा प्रचार गरी नेपालमा दक्षिणपन्थि अधिनायकबादलाई पुन भित्राउन खोजेको दावि गर्नुभयो । तर जस्तो प्रचार गरे पनि प्रचार गरीएका देशले नेपालका कम्यूनिष्ट पाटिलाई राम्ररी बुझेकाले बाम गठबन्धनलाई कुनै असर नपर्ने भट्टराईको भनाई छ ।
बाम गठबन्धनलाई टुटाउन अनेकौ प्रयत्न गरेपनि यो चुनावि तालमेल मात्रै नभई पाटि एकिकरणको बाटोमा दौडिसकेकाले पुन पछि नफर्कनेमा बिस्वस्थ रहन समेत उहाँले मतदाताई आग्रह गर्नुभयो । प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा बामगठबन्धनले दुईतिहाई बहुमत ल्याएर सरकार बनाउने घोषणा गर्दै उहाँले चुनावमा लडाएर नभई दौडिएर जित्ने दावि समेत गर्नुभयो ।
बाम गठबन्धन कुनै राजनितिक दललाई आरोप प्रत्यारोपमा नलागि चुनावमा होमिएको बताउँदै उहाँले काँग्रेसले घोषणा पत्र देखि प्रत्येक कार्यक्रममा बाम गठबन्धनको आलोचना गरे पनि त्यसको असर काँग्रेसलेनै चुकाउनुपर्नेमा सचेत रहन चेतावनी समेत दिनुभयो । भट्टराईले आगामि मंसिर १० गते हुने प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङमा बाम गठबन्धनबाट उम्मेदवारी दिनुभएको छ ।



