राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलका अध्यक्ष राजेन्द्र महतो पराजित हुने अवस्था आएपछि गृहजिल्ला सर्लाही परित्याग गरेका छन् । उनले प्रतिनिधि सभामा सुरक्षित हुन अर्कै जिल्लाको निर्वाचन क्षेत्र ताकेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

सर्लाहीमा महतोविरुद्ध जनमत गुमाएका महतोलाई हराउन राजपा नेपालकै नेता तथा कार्यकर्ताहरूले अभियान नै थालेका छन् । पराजित हुने संकेत पाएपछि महतोले धनुषा जिल्लाको ३ नं. क्षेत्रमा प्रतिनिधि सभाका लागि उम्मेदवारी दिने तयारी गरेका छन् । महतोलाई त्यहाँ पनि राजपाका कार्यकर्ताले प्रवेश गर्न नदिने चेतावनी दिएका छन् । पराजित हुने डरले महतोले आफ्नो पक्षमा माहोल बनाइदिन नेताहरूलाई गुहारेका छन् ।

धनुषा क्षेत्र नं. ३ नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको क्षेत्र हो । निधिले सो क्षेत्रमा उम्मेदवारी दिने तयारी गरिरहेका बेला महतोले सोही क्षेत्रमा उम्मेदवारी दिन लागेका हुन् । नेपाली कांग्रेससँग तालमेलको नाममा महतोले आफू सुरक्षित हुन धनुषा क्षेत्र नं. ३ दाबी गरेको एक नेताले बताए । महतोको अलोकप्रियताबाट राजपाका नेताहरूले नै हराउन लागेको खुलासा भएको छ । मधेस आन्दोलनका बेला मृत्यु भएकालाई ५० लाख रुपियाँ दिने भनेर विवादास्पद अभिव्यक्ति दिएका महतोले अहिले शहीद परिवारलाई बेवास्ता गरेका छन् । उनले शहीद परिवार र घाइतेहरूलाई निचा देखाउने समेत गरेका छन् ।

आफ्नी पत्नी शैली महतोलाई समानुपातिकमा फेरि पनि सांसद बनाउने तयारी गरेका राजेन्द्र महतोले सालासाली, स्वकीय सचिव, आफन्तहरूलाई समानुपातिक टिकट दिलाएका छन् । दैनिक नेपाल बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah