निर्वाचनको मुखमा नै झापा जिल्लामा राप्रपा एमाले गठबन्धनमा आएपछि काँग्रेसभित्र खैलाबैला मच्चिएको छ । उम्मेदवारी मनोनयनको क्रममा धेरैले गठबन्धन नतोडिनु पर्ने भन्दै आलोचना गरेका थिए ।
काँग्रेसभि आपत सिर्जना भएको जनाईएको छ । काँग्रेस नेता कृष्ण सिटौलाले राप्रपा बम गठबन्धनमा जाँदा कुनै असर नगर्ने भन्दै कार्यकर्ताहरुलाइ आश्वस्त पारेकाछन् ।
राप्रपा महामन्त्री राजेन्द्र लिङदेनलाइ काँग्रेस झापा ३ मा सघाउने भनेर केहि दिन अघिसम्म भनिएपनि कृष्णप्रसाद सिटौलाले नमानेपछि गठबन्धन नै तोडिएको हो । राप्रपाले झापाका सबै क्षेत्रमा सघाउने बताएपछि बाम गठबन्धनमा सामेल भएपछि राजनीतिमा नै तरंग आएको छ ।
झापा चन्द्रगढीमा उम्मेदवारी मनोनयन गर्दा बाम गठबन्धनका दलहरुमा धेरै उत्साह देखिन्थ्यो । काँग्रेसले पनि शक्ति प्रदर्शनको रुपमा कार्यकर्ताहरु धेरै नै उतारेको थियो । राप्रपा झापामा चौधो शक्ति हो ।



