एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्योग बेचेर कमिशन खानुलाई नै लोकतन्त्रको परिभाषा नबनाउन सत्तारुढ नेपाली कांग्रेसलाई चेतावनी दिनुभएको छ ।

आफ्नो निर्वाचन क्षेत्र झापाको दमकमा शुक्रवार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले बाम गठबन्धनलाई अधिनायकवाद भन्ने कांग्रेस नेताहरुले उठाएको प्रश्नको जवाफ दिंदै लोकतन्त्र आफ्नो जीवन पद्दति र निष्ठाको विषय भएको वताउनुभयो ।

ओलीले आफूहरु देश बनाउन लागेको तर कांग्रेसले त्यसमाथि छिर्के हान्ने गरेको उदाहरण दिनुभयो । छिर्के लगाउदा काँग्रेस आफै लड्ने र आफूहरु अघि बढ्न बताए । उनले बढि कु प्रचार नगर्न चेतावनी दिनुभयो  ।

‘हामीले सामाजिक न्याय, समानता, विचारको प्रतिस्पर्धा, कानुनी राजलाई लोकतन्त्र भन्यौं र यसलाई जीवन पद्दति र निष्ठाका रुपमा अपनाउँदै आयौं’ ओलीको भनाई थियो, ‘कांग्रेसका नेताहरु राष्ट्रिय उद्योग बेचेर कमिशन खानुलाई मात्र लोकतन्त्र भन्न थाले ।

के उद्योग बेच्नु, विकास नगर्नु, उन्नतीतिर नजानु, कमिशन खानु नै लोकतन्त्र हो ?’ उहाँले राष्ट्रको हित, छिमेकी देशहरुसँगको समनिकटता र मुलुकको समृद्धिलाई केन्द्रमा राखेर बामपन्थी दलहरुबीच एकता गरिएको वताउनु भयो ।

‘हामीले के गर्न खोजेका छौं, तपाईंहरुले हामीले नेतृत्व गरेको सरकारले थालेका काम देखेरै बुझ्नु भएको छ । राष्ट्रिय हितको रक्षा, छिमेकी देशहरुसँग समनिकटताको सम्बन्ध र मुलुकको आर्थिक समृद्धिको उद्धेश्यमा बाम गठबन्धन बनेको हो’ ओलीले भन्नुभयो, ‘हाम्रो देशको हित र छिमेकी देशहरुसँग समनिकटताको सम्बन्ध अपनाउनु कसैका विरुद्ध हुन्छ र ?’

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई अदालतको मानहानी गरेको भन्दै परेको मुद्दाबारे सोधिएको प्रश्नमा ओलीले अहिलेसम्म आफूले अदालतको मानहानी नगरेको दावी गर्नुभयो । ‘बरु अदालतका कतिपय निर्णयले देशले कस्ता समस्यासँग जुझ्नु पर्यो तपाईंहरुले देख्नु भएकै छ ।

०५२ सालको फैसलापछि देशले के भोग्दै आयो थाहै छ’ ओलीको भनाई थियो, ‘तर, हामीले अदालतका कारण दुःख पाए पनि आजसम्म मानहानी गर्ने काम गरेका छैनौं ।’ ओलीले कानुनी शासनको विषयमा कांग्रेसको ब्यवहार छेपारोले रंग बदले भन्दा पनि दोहोरो मापण्डको भएको वताउनु भयो । माओवादी नेता वालकृष्ण ढुंगेलको पक्राउवारे सोधिएको प्रश्नमा ओलीले यस्तो जवाफ दिनुभएको हो ।

‘हामी अदालती निर्णयको सम्मान गर्छाैं र त्यसकै पक्षमा छौं । तर कांग्रेसले आफ्नो समीकरण अनुसार छेपारोले रंग फेरेजस्तै न्यायको दोहोरो मापदण्ड बनाउँछ’ ओलीको भनाई थियो, ‘आफूसँग समीकरणमा हुँदा र नहुँदा फरक ब्यवहार गर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah