नेपाली काँग्रेसमा लामो समयदेखि बिभिन्न भूमिका निर्वाह गरेका दमकका ब्यवसायि गोपाल अग्रवाल एमालेमा प्रवेस गर्ने भएकाछन् । उनि शुक्रबार अपरान्ह एमालेमा प्रवेस गर्न लागेका हुन् ।
उनलाइ नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नेछन् । उनि सहित काँग्रेसका १ सय ५० भन्दा बढि एमाले प्रवेस गर्ने युवा नेता गोबिन्द थापाले जानकारी दिएकाछन् । अग्रवाल दमकका स्थापित सामाजिक तथा ब्यवसयिक ब्यक्तित्व हुन् । उनि लाइन्स क्लवसंग पनि आवद्धछन् ।



