झापा, १७ कात्तिक । जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा रहेका थुनुवा रोशन माझी फरार भएका छन् । मेची अञ्चल अस्पताल भद्रपुरमा शुक्रवार साँझ उपचारका लागि लगिएको अवस्थामा माझी फरार भएका हुन् । भद्रपुर घर भएका माझी ७ वर्षिया वालिकालाई बलात्कार गरेको अभियोगमा कात्तिक ६ गते पक्राउ परेका थिए ।
पेट दुखेर सिकिस्त भएका माझी आकस्मिक कक्षको शौचालयको भेन्टिलेशनबाट ८ः४५ वजे फरार भएका हुन् । अस्पताल जाने बित्तिकै उनी शौचालय गएका थिए । माझीले शौचालयको चुकुल लगाई धारा खोलेर भेन्टिलेशनबाट भागेका थिए । झापाका प्रहरी प्रमुख एसपी विष्णु केसीले फरार माझीको खोजी कार्य भइरहेको बताए ।



