झापाको दमक चोकबाट फर्निचर लाइन हुदै बजार जाने सडकको दुइ किनारमा रेलिङ लगाउनका लागि ५० फिट सडक क्लियर गर्न शुरु गरिएको छ । शनिबारदेखि यो शुरु गरिएको हो ।
वडा नं. ६ का वडाध्यक्ष टेकबाहादुर थापाले तत्कालै काम शुरु हुने भएकाले यहाँ रहेका स्थायी तथा अस्थाइ संरचना भत्काउन थालिएको हो । यसमा सबैको सहयोग रहने अपेक्षा रहेको उनले बताए ।
यस सडकबाट नमूना मार्ग जोडिने भएकाले पर्यटकीय सडकको रुपमा बिकास गरिने नगरपालिकाको योजना रहेको पनि उनले बताए ।
स्थानीय ब्यवसायि महेन्द्र खड्काले नगरपालिकाले ल्याएको योजना सकारत्मक भएको बताउदै यसमा आफूहरुको साथ रहेको जनाए । सडक क्लियर गराउन आफूहरु पनि लागेको उनले बताएकाछन् ।



