झापा दमकका युवा ब्यवसायि तथा सामाजिक ब्याक्तित्व चन्द्र खत्रीले दमक जेसिजको अध्यक्षको दाबेदारी प्रस्तुत गरेकाछन् । उनले आफूले जेसिज अभियानमा दिएको समय र योगदानका कारण नै दाबी गरेको बताएकाछन् ।
खत्रीले दमकमा भएको राष्ट्रिय अधिवेसनदेखि लिएर दमक जेसिजका पूर्व अध्यक्ष प्रकाशप्रसाद अधिकारीलाइ नेपाल जेसिजको अध्यक्ष बनाउने क्रममा आफूले दिएको योगदानले सबैलाइ थाहा पाएको जनाए ।
उनले अहिलेसम्म आइपुग्दा जेसिजका सबै पदहरुमा बसेर काम गरेको र अब दमक जेसिजको नेतृत्व लिन तथा अध्यक्ष बन्न सबै जेसिज सदस्यहरुसंग सुझाव लिदा सकारत्मक प्रतिक्रिया पाएकाले आफू अघि बढेको उनले आफ्नो योगदान र जेसिजलाइ दिएको समयका कारण सबैले आफूलाइ समर्थन गरेर सर्वसम्मत अध्यक्ष बनाउने बताए ।
अब आफू ब्याक नसर्ने बताउदै ब्याक सर्नु पर्ने कारण भए त्यो देखाइदिन पनि आग्रह गरे । योगदानको कदर सबैबाट हुनु पर्ने जनाउदै आफू जेसिजमा कहिले पनि बिचलित नभइ लागेको उनले बताए ।
जेसिजलाइ दमकमा थप स्थापित गर्दै यस क्षेत्रका युवाहरुको आकर्षण केन्द्र बनाउनका लागि आफू लाग्ने उनको प्रतिबद्धता छ । यस पटक आफू सर्वसम्मत अध्यक्ष बन्नेमा आफू ढुक्क रहेको पनि सुनाए ।
उनले आफ्नो योगदान र जेसिजलाइ दिएको समयका कारण सबैले आफूलाइ समर्थन गरेर सर्वसम्मत अध्यक्ष बनाउने बताए ।



