पहिलो चरणको स्थानीय तह चुवनामा काठमाडौंको मेयरमा विवेकशील पार्टीका तर्फबाट उम्मेदवारी दिएर राष्ट्रिय राजनीति तथा युवा पुस्तामा एकाएक चर्चामा आएकी रन्जु दर्शनाले अहिलेसम्म आफूले प्रेमको अनुभव गर्न नपाएको बताएकी छन् । शनिबार काठमाडौंमा लेखक अश्विनी कोइरालाको उपन्यास ‘प्रेमालय’ को घुम्टो खोल्ने कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

लभस्टोरी उपन्यासको सावर्जनिकीकरण कार्यक्रममा आएकी नेतृ दर्शनाले प्रेम अनुभूत गर्न सकिने तर परिभाषित गर्ने नसकिने बताइन् । त्यसक्रममा उनले प्रेमका पनि विभिन्न प्रकार हुने बताउँदै आफूले चुनाव प्रचारप्रसारको समयमा नागरिकबाट पाएको स्नेहलाई भने कहिल्यै नभुल्ने बताइन् ।

लामो समय पत्रकारितामार्फत् विशेष गरी युवा पुस्ताका विषयमा कलम चलाएका अश्विनी कोइरालाको उपन्यास ‘प्रेमालय’ शनिबार काठमाडौंमा एक कार्यक्रमबीच विमोचन गरियो । उक्त कार्यक्रममा नायिका बेनिसा हमाल, पत्रकार स्वेच्छा राउत, रेडियोकर्मी महावीर विश्वकर्मा र लेखक कोइरालाले पुस्तकको संयुक्त रूपमा घुम्टो खोलेका थिए ।

कार्यक्रममा पुस्तकबारे बोल्दै महावीर विश्वकर्माले कोइरालाले प्रेम निरपेक्ष हुँदैन भनेर देखाउन खोजेको बताए । प्रेम गम्भीर विषय भएकाले यसबारे डिस्कोर्स चलाइराख्नुपर्नेमा उनले जोड दिए ।

त्यसैगरी, त्यस्तै पत्रकार स्वेच्छा राउत ‘प्रेमालय’ले प्रेमलाई हेर्ने वैकल्पिक दृष्टिकोण अघि सारेको बताइन् । नायिका बेनिसा हमालले अश्विनी कोइरालाका पुस्तकले युवालाई आकर्षित गर्ने बताइन् ।

‘प्रेमालय’का लेखक अश्विनी कोइरालाको गैरआख्यान ‘उनी’ र कथासंग्रह ‘जुकरबर्ग क्याफे’ यसअघि प्रकाशित पुस्तक हुन् ।

-नयाबाटो ड्ट कम बाट साभर्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah