काठमाण्डौं क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका उम्मेदवार चर्चित नेता गगन थापाले आफ्नो चुनावी अभियान शुरु गरेका छन्।

शनिवार भएको चुनावी भेलालाई सम्बोधन गर्दै गगन थापाले चार बर्षअघि आफूले संविधान बनाएर दिने जनतासामु गरेको बाचा पुरा गरेको र संविधान बनाएर दिएको बताहुन्छ

संबिधान बनाउने क्रममा भोगेका चुनौती बारे सम्झिदै – कांग्रेसले नाकावन्दिको कठोर प्रतिरोध गरेको र संविधानसभा भवन बाहिर आएर सभासदको लोगो खोलेर भारतीय नाकावन्दि मुर्दाबाद भन्दै बसेको नेता थापाले बताए।

संविधानमा असन्तुष्ट मधेशी दल लगायतका अन्य सबैलाई समेटेर लगेको र कांग्रेसले गर्दा नै आज देशमा शान्ती र स्थिरता भएको दावी गगन थापाले गरे र प्रजातन्त्रको विकल्प नभएको र प्रजातन्त्रको लागी कांग्रेस एकमात्र विकल्प हो भन्दै नेपालमा सबै जातजाति बर्ग र समुदायलाई कांग्रेसले मात्रै मिलाएर लैजान सक्ने थापाले बताए।

गगनले आफूलाई भोट दिए पाँच बर्ष इमान्दार भएर काम गरेर देखाउने काठमाण्डौंलाई बस्न योग्य शहर बनाउने प्रतिवद्धता समेत जाहेर गरे।

गगनले अगाडि भने- आफू विजय भएपछि स्थानीय निकायहरु सँग समन्वय गरेर विकाश निर्माणका कामहरु सम्पन्न गर्छु।

आफूलाई नियोजित रुपमा विभिन्न नचाँहिदा आरोप लगाइने गरेको भन्दै थापाले भने-केहि दिन अगाडि कृषक भन्दै १४ करोड रुपैंया खाएको भन्दै अफवाह फैलाएको र अबका दिनमा पनि विरोधीहरुले भारतीय दलाल,अमेरिकन दलाल जस्ता आरोपहरु लगाउछन्, ढुक्क हुनुस् यस्ता समाचार छिट्टै देख्नुहुनेछ।

एमालेतर्फ संकेत गर्दै गगनले चेतावनीको भाषामा भने- यो ४ नम्बर क्षेत्र हो कमरेड, यहाँका मतदाताहरुलाई न राजाले न माओवादि कसैले पनि झुक्याउन सकेन अब यहाँ आएर नचाहिदा कुरा नगर्दा स्वास्थ्यको लागि फाईदा हुन्छ ।

भिडियो सहीत

 

 

-नयाबाटो ड्ट कम बाट साभर्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah