पूर्व राष्ट्रपति डा. रामबरण यादवलाई सरकारले उपलब्ध गराएको निवास पूर्ववत अवस्थामा खाली गर्न घरभेटीले सार्वजनिक सूचना जारी गरेका छन् ।

ललितपुर महानगरपालिका वडा नम्बर ४ बागडोलका रविभक्त विष्टले एक दैनिक पत्रिकामा सार्वजनिक सूचना जारी गरी घर खाली गरिदिन आग्रह गरेका छन् ।
सूचनामा २०७४ साउनदेखि बहाल सम्झौता पनि नविकरण नभएको, बिजुलीको विल रकमसमेत भुक्तानी नगरेर जबरजस्ती रुपमा बस्ने र बसाउने काम गरेको उल्लेख गरिएको छ ।

विष्ठले पूर्वराष्ट्रपतिलाई समेत पटक पटक लिखित जानकारी गराउँदा समेत खाली नभएकाले १५ दिनभित्र घर र कम्पाउण्ड पूर्ववत अवस्थामा खाली गरिदिन भनेका छन् ।

पूर्व राष्ट्रपति भन्छन्–सरकारले बसालेको हो, सरकारको चिठी पाए छाडिदिन्छु

सरकारले पूर्व राष्ट्रपतिको लागि सुविधास्वरुप मासिक २ लाख, गाडी, ड्राइभर, चालक र तेल उपलब्ध गराउने निर्णय यसअघि नै गरेको थियो ।

सरकारले कानुन नबनेसम्मका लागि पूर्व राष्ट्रपतिको घरभाडा बापत २ लाख, अतिथि सत्कारका लागि ५० हजार व्यवस्था राष्ट्रपति कार्यालय नै अर्थ मन्त्रालयसँग समन्वय गरेर गरिदिने यसअघि नै निर्णय गरेको थियो ।

तर पूर्व राष्ट्रपति यादवले आफूले सरकारबाट पैसा नलिने र सरकारले नै बस्ने व्यवस्था गरिदिनुपर्ने भन्दै सरकार र राष्ट्रपति कार्यालयलाई पत्राचार समेत गरेका थिए ।

“सरकारले २ लाख दिने निर्णय गरेर जानकारी गराएको थियो,” पूर्व राष्ट्रपति यादवले सूचनाका बारेमा बाह्रखरीसँग अनविज्ञता प्रकट गर्दै भने, “तर मैले नै पैसा लिनु राम्रो होइन । सरकारले पूर्व राष्ट्रपतिलाई बस्ने व्यवस्था गरिदिने हो भने २ लाख होइन ५० हजारको घर भए पनि हुन्छ । यो व्यवस्था सरकारले नै गरिदिनुपर्छ । राज्यले सिष्टम बसाउनुपर्छ । हामी पनि त्यहि सिष्टम अनुसार चल्नुपर्छ ।”

स्रोतकाअनुसार पूर्व राष्ट्रपति यादव बसेका घरभेटी यसअघि नै घर खाली गरिदिन माग गर्दै अदालत पुगेका थिए । तर राष्ट्रपति कार्यालयको पहलमा उनी फिर्ता भएको स्रोतले जानकारी दियो ।

“यो विषय अदालत पनि पुगेको हो,” स्रोतले भन्यो,“त्यसबेला पूर्व राष्ट्रपति यादव घर छाडेर हिँड्न तयार भैसकेका थिए । तर राष्ट्रपति विद्यादेवी भण्डारीले टेलिफोन गरेर हतारमा निर्णय नगर्न आग्रह गरेपछि रोकिएका थिए ।”

पूर्व राष्ट्रपतिको घरको भाडा, बिजुली र पानीको व्यवस्था सरकारसँगको समन्वयको आधारमा राष्ट्रपति कार्यालयले गरिदिने निर्णय भएपछि राष्ट्रपति कार्यालयले पहल गरेको थियो ।बाह्खरीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah