सुनसरी,सुनसरीमा ठूला दलका एक मात्र महिला उमेदवार भगवति चौधरीले पटक पटक मन्त्रि भइसकेका विजय कुमार गच्छेदारलाई पराजित गर्ने दावी गर्नुभएको छ । चौधरी वाम गठवन्धनवाट सुनसरी क्षेत्र नम्वर तीनको उमेदवार हुनुहुन्छ । तत्कालिन मधेशी जनअधिकार फोरमका अध्यक्ष नेपाली काग्रेसका नेता विजय कुमार गच्छेदार र एमाले नेतृ चौधरी बिच सुनसरी क्षेत्र नम्वर तीनमा प्रतिष्पर्धा हुदैछ । २०४६ साल यता गच्छेदार सत्ता भन्दा वाहिर कमैमात्र रहेपनि सुनसरी क्षेत्र नम्वर तीनका लागि भने खासै केहि नगरेका लागि जनताले परिवर्तन चाहेको चौधरीको भनाई छ ।
परिवर्तन विकास र सम्वृद्धिका लागि यहाँको जनताले आफूलाई फराकिलो अन्तरले जिताउने चौधरीले दावी गर्नुभयो । गच्छेदार पदलोलुप र अवसरवादी भएको तर विकासवादी नभएको जनताले वुझिसकेको चौधरीले आरोप लगाउनुभयो । गएको संविधानसभा निर्वाचनका वेला काग्रेसका नेताहरुलेनै उहाँलाई सो आरोप लगाउदै चुनाव प्रचार गरेको जनताले भूलेका छैनन अहिले नेपाली काँग्रेसले के भनेर उहाँको पक्षमा भोट माग्छन ? उहाँले प्रश्न गर्नुभयो ।
गत संविधानसभा निर्वाचनमा आफू नै बिजयी भएपनि जालझेल गरेर हराइएको चौधरीको आरोप छ । गत सँबिधानसभा निर्वाचनमा पनि उहाँहरु बिचनै प्रतिष्पर्धा भएको थियो । गच्छेदारले २० बर्षमा नगरेको काम आफूले पाँच बर्षमै गरेर सुनसरी क्षेत्र नम्वर तीनलाई देशकै नमूना क्षेत्र वनाउने चौधरीले प्रतिवद्धता जनाउनुभयो ।
को हुन भगवति चौधरी
भगवति चौधरी नेकपा एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ पूर्व वनराज्य मन्त्री रहिसक्नुभएको छ । चौधरी राजनीति र समाजसेवामा उत्तिकै परिचित नाम हो । उहाँ लघुवित्त क्षेत्रमा नेपालमै अग्रणी महिला मानिनुहुन्छ । आफनो समूदायमा त चौधरी रोलमोडलनै मानिनुहुन्छ । स्नातकोत्तर चौधरी जुन वेला विद्यालय शिक्षाका लागि स्कुल जानुभयो त्यो वेला उहाँको गाँउठाँउमा छोरीलाई पढन स्कुल पठाइदैन थ्यो ।
उहाँ स्कुल जान थालेपछि मात्र त्यो ठाँउमा छोरीलाई स्कुल पठाउन थालिएको हो । उहाँको नेतृत्वमा रहेको फरवार्ड सस्थामा हाल देशभरका हजारौ महिला सँगठित छन । उहाँले आफनो सस्था मार्फत हजारौ महिलालाई स्वावलम्वन वनाउनुभएको छ । महिलाको आर्थिक शशक्तिकरण नभएसम्म समाज रुपान्तरण हुन नसक्ने चौधरीको दावी छ ।
यस्तो छ भगवति चौधरीको चुनावी एजेण्डा
वेरोजगारलाई रोजगार प्रदान गर्ने चौधरीको मुख्य चुनावी एजेण्डा रहेको छ । उहाँले एक घर एक रोजगार प्रदान गर्ने योजना सार्वजनिक गर्नुभएको छ । सुनसरी क्षेत्र नम्वर तीनमा दुई बर्ष भित्रमा प्राविधिक शिक्षालय स्थापना गर्ने उहाँको प्रतिवद्धता छ । हरेक वडा वडा वाट डाक्टर,इञ्जिनियर,पाइलट लगायतका प्राविधिक उत्पादन गर्र्ने उहाँले जनाउनुभयो ।सामाजिक सुरक्षा भत्ता वढाएर पाँच हजार पुरयाउने,घर घरमा पूँजीको पहुच गराउदै आर्थिक स्तर उकास्न विशेष कार्यक्रम सँचालन गर्ने चौधरीको योजना छ । सुनसरी क्षेत्र नम्वर तीनका पर्यटकीय स्थलहरुको संरक्षण र विकास गर्दै आन्तरिक र वाहय पर्यटक भित्राउन उहाँले विशेष योजना वनाउनुभएको छ । गाँउ गाँउका कच्चि सडकलाई कालोपत्रे गर्ने लगायत भगवति चौधरीका चुनावी एजेण्डा छन ।



