इलाम : माङसेवुङ गाउँपालिकामा रहेको किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको आश्रममा पुगेर आशीर्वाद थाप्दै एमाले नेता सुवासचन्द्र नेम्वाङले आसन्न निर्वाचनको यात्रा सुरुवात गरेका छन्। यस अघिको अभियान समेत गुरुको आशीर्वाद पाएका नेम्वाङले यस पटक इलामको निर्वाचन क्षेत्र नम्बर २ को चुनावी यात्रा त्यहाँबाटै सुरु गरेका हुन्। उनी सगै गठबन्धनकै तर्फबाट प्रदेश सभाको टिकट पाएका माओवादी केन्द्रका धिरेन शर्मा रमणले पनि गुरुबाट आशीर्वाद थापेर अभियान सुरु गरेका छन्।

संविधान सभा निर्वाचनमा एमाले अध्यक्ष केपी सर्मा ओलीसहितका उच्च नेताहरु गुरुको आशीर्वाद माग्न पुगेका थिए। स्थानीय तह निर्वाचनको समयमा पनि कांग्रेस नेता गगन थापासहितका व्यक्तिले गुरुसंग भेट गरेका थिए। इलामको निर्वाचन क्षेत्र नम्बर २ को परिणाममा गुरुको आर्शीवादले पनि अर्थ राख्ने विश्वास गरिन्छ।
आइतबार नेम्वाङले मांसेबुङको चुनावी कार्यक्रम सहभागी भए भने एमालेका तर्फबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ का उम्मेदार वरिष्ठ नेता झलनाथ खनालले माइ नगरपालिकाको विभिन्न चुनावी सभामा समय बिताएका छन्। एमालेका कार्यालय सचिव नवराज शंकरका अनुसार नेताहरुले चुनावी प्रचारलाई तिब्र बनाएका छन्।

नेपाली काग्रेसका तर्फबाट निर्वाचन क्षेत्र न २ का उम्मेदार चुलाचुलीमा भेटघाटमा व्यस्त थिए भने निर्वाचन क्षेत्र १ मा कांग्रेसका उम्मेद्वार सूर्योदय नगरपालिकामा भेटघाटमा रहेका जिल्ला सचिव निरज खड्गीले जानकारी दिए।

प्रदेश सभाका उम्मेद्वारहरु पनि गाउँमा पुगेका छन्। वाम गठबनधन र कांग्रेसले मंगलबारपछि चुनावी कार्यक्रम तय गरेर अघि बढ्ने तयारी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah