काठमाडौं । कम्युनिष्ट गठबन्धनका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र फगत चुनावी घोषणापत्र नभई देश बनाउने संकल्प भएको बताएका छन् ।

मंगलबार राजधानीमा चुनावी घोषणापत्र सार्वजनिक गर्दै उनले भने “यो देश बनाउने घोषणा हो, सहयोग गर्न म सबैलाई आग्रह गर्छु ।”

उनले घोषणापत्रको मूल मर्म राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय एकता, शान्ति र समृद्धिको ग्यारेन्टी भएको बताए ।

“यो देश बनाउने सर्वोत्कृष्ट घोषणा हो,” उनको भनाइ थियो ।

“पत्याउनै गाह्रो पर्ने काम गरेर आएको पार्टी र तिनका नेता कार्यकर्ता हौँ हामी, हाम्रो उद्देश्य महान र पवित्र छ । चुनाव लड्नका लागि मात्रै होइन देश विकास गर्न घोषणापत्र जारी गरेका हौँ,” उनले थपे ।

कांग्रेसको रोइकराइ

उनले लोकतन्त्र सुदृढ पार्नका लागि विचार मिल्ने पार्टी एक हुँदा रोइकराइ गर्नु तर्कसंगत नभएको जिकिर गरे । “कपाल लुछ्दै किन चिच्याएको ? लोकतन्त्र बलियो बनाउन विचार मिल्ने पार्टी चुनावमा तालमेल गरेर अघि बढेका हौँ ।”

उनले एमाले–माओवादी मिलेले विगतमा सत्ता सञ्चालन गरिसकेकाले अधिनायकवाद ल्याउन खोजे भन्ने तथ्यसंगत नभएको बताएका हुन् ।

नेपालको पानी जहाज चलाएरै छाडिन्छ

कार्यक्रममा अध्यक्ष ओलीले भने, “म पुनः दोहोर्‍याएर भन्न चाहन्छु । नेपालले पानी जहाज चलाउँछ   । भू–परिवेष्ठित देशले पनि समुद्रमा पानी जहाज चलाएको उदाहरण प्रशस्त भएको दृष्टान्त दिँदै नेपालले पानी जहाज चलाउँछ भन्दा हास्नु नपर्ने बताएका थिए ।
“समुद्रमा हामी आफ्नै पानी जहाजमा सामान ओसार्छौं । भाडामा पनि लगाउँछौँ,” उनले जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah