झापाको बिर्तामोड आसपासको क्षेत्रमा सञ्चालित होटल तथा लजमा यौनजन्य क्रियाकलाप बढ्ेसँगै प्रहरीले सक्रियता बढाएको छ । प्रहरीले सक्रियता बढाएसँगै दुई दिनमा एक दर्जन युवायुवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
होटल तथा लजमा अनैतिक क्रियाकलाप गरिरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरिक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।नियन्त्रणमा लिएका मध्ये १० जना युवती र दुई जना युवक रहेको नायव उपरिक्षक बस्नेतले बताए ।
नियन्त्रणमा लिएका मध्ये सात जना युवतीलाई सार्वजनिक मुद्दा चलाइएको उनले बताए । नियन्त्रण लिएका युवतीहरुलाई होटल सञ्चालकले बोलाएर परपुरुषसँग अनैतिक क्रियाकलापमा लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
नियन्त्रणमा लिएका अधिकांश युवती जिल्ला बाहिरबाट आउने गरेको अनुसन्धानबाट खुलेको बस्नेतले बताए । राज्यले यौनजन्य क्रियाकलाप गर्ने वा गराउने माथि ठोस कानुन नल्याउने प्रहरीलाई यस्ता विकृती नियन्त्रण गर्न समस्या परेको उनको भनाई छ ।



