प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसंगै दमकमा जेसिजको नयाँ नेतृत्वको बिषयमा पनि चर्चा शुरु भएको छ । दमकका युवाहरुको साझा संस्थाको रुपमा रहेको दमक जेसिजको नेतृत्वका लागि बद्रि बरालले पनि आफ्नो दाबेदारी प्रस्तुत गरेकाछन् ।
आफूले सन् २००७ सालदेखि नवरत रुपमा जेसिजमा कुनै न कुनै भुमिका निर्वाह गरेको र नेपाल जेसिजको राष्ट्रिय अध्यक्ष बनाउन पनि आफूले भूमिका खेलेको भन्दै यो पटक सबैको साथमा अध्यक्ष बन्ने उनले जनाए ।
स्वास्थ्य ब्यवसायीको रुपमा चिनिएका उनि सर्वसम्मत अध्यक्ष बन्ने जनाउदै आएकाछन् । सबै जेसिज सदस्यहरुको साथ र बिश्वास आफू रहेको बताउदै अध्यक्ष बन्नेमा ढुक्क रहेको उनले सुनाए ।
बिभिन्न देश बिदेश घुम्दाको अनुभव र अहिलेसम्म दमक जेसिजमा रहेर बोर्डका सबै पदहरु सम्हालेर दक्ष बनेकाले दमक जेसिजलाइ नयाँ उचाइमा पुर्याउने आफ्नो अठोट रहेको उनले जनाए ।
अहिलेसम्म दमक जेसिजमा गरेको योगदना तथा दिएको समय, निर्वाह गरेको भूमिकाले पनि आफू नेतृत्वको हकदार रहेको उनि बताउछन् । दमक जेसिजलाइ नयाँ उचाइमा पुर्याइ छाड्ने दृढ इच्छाशक्ति र योजना आफूसंग रहेको उनको दाबी छ ।
यसभन्दा अगाडि दमकका युवा ब्यवसायी दमक जेसिजका बर्तमान महासचिब चन्द्र खत्रीले पनि नेतृत्वको लागि दाबी गरेकाछन् ।



