https://www.youtube.com/watch?v=z0XxF0Khl30
बिष्णुप्रसाद पोखरेल/दमक
पछिल्लो समयमा सर्वाधिक चर्चामा रहेको झापाको क्षेत्र नं. ३ मा राप्रपा सहितको बाम गठबन्धनका उम्मेदवारहरुले आफ्नो चुनावी प्रतिबद्धताहरु सार्वजनिक गरेकाछन् । नेपाली काँग्रेस र राप्रपाबीच चुनावी तालमेल हुँदा सबैभन्दा पहिला निश्चित गरिएको यो क्षेत्र छाड्न काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नमानेपछि चर्चामा रहेको छ ।
राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनलाइ सिटौलाले आफ्नो पुरानो क्षेत्र नछाडेपछि झापामा काँग्रेससंगको गठबन्धन तोड्दै बाम गठबन्धमा आएर लिङ्देन गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेकाछन् ।
यहि क्षेत्रमा दोश्रो संबिधान सभा निर्वाचनमा सिटौलाबाट पराजित बन्नु भएका बसन्त बानिया प्रदेश सभा ५ क मा र पहिलो संबिधान सभा निर्वाचनमा सिटौलालाइ हराउने पूर्णसिंह राजबंशी यहि पर्ने प्रदेश सभा ख को उम्मेदवार रहेकाछन् ।
आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै प्रदेश सभा उम्मेदवार लिङदेनले एक बर्षभित्रमा तटबन्धन, बिद्यूत लगायतका जनताका यहाँका प्रमुख समस्यालाइ सामधान गरिने बताएकाछन् । उनले यस क्षेत्रका जनताले अहिले पनि कालोपत्रे हेर्नका लागि राजमार्गमा आउनु पर्ने अवस्था रहेको बताउदै त्यसको अन्त्य गर्ने जनाए ।
राप्रपा महामन्त्री लिङ्देनले आफूले अहिलेसम्म एक पैसा पनि घूस नखाएको र अब पनि नखाने जनाउदै अहिले नै जनताको अगाडि जुनसुकै मन्दिरमा गएर पनि भाकल तथा कसम खान तयार रहेको समेत बताएकाछन् । उनले भने–‘कहाँ कुन मन्दिर गएर भाकल गर्नुपर्छ, कसम खानुपर्छ म तयार छु ।’
अहिले काँग्रेसका प्रभावशाली नेताले सत्ता र शक्तिको दूरुपयोग गरेर आचार संहिताको उल्ङ््घन गरिरहेको भन्दै त्यसको पनि ध्यानकर्षण गराए । सरकारी लगानीमा ट्युवेल बाड्ने, आफ्नो लगानीमा घरघरमा गएर सोलार टुकी जोडिदिने जस्ता कामहरु भइरहेको भन्दै निर्वाचन आयोगको ध्यानकर्षण गराएका थिए ।
यसैगरी प्रदेश सभा क का उम्मेदवार बानियाले भारतसंग सिमा जोडिएका कारण यहाँका जनताले भोग्नु परेका समस्याहरु अहिलेसम्म सामधान नभएको र एउटा क श्रेणिको प्रहरी कार्यालयसमेत यहाँ नरहेको भन्दै त्यो स्थपना गरेर नै छाड्ने बताए ।
खोला नियण्त्रण, सडक निर्माण लगायतका यहाँका जनताका आवश्यकता अनुसारका पूर्वधार बिकासमा कुनै कमी हुन नदिने उनको भनाइ थियो ।
पहिलो संबिधानसभामा सिटौलालाइ हराएर चर्चा कमाएका राजबंशीले अब जनता शक्तिको पछाडि नकुद्ने बताउदै घर गाँउका समस्या बुझ्नेलाइ प्रतिनिधि बनाएर पठाउनेमा आशाबादी रहेको जनाए । उनले आफूहरु अहिले धेरै प्रतिबद्धता जनाउनेभन्दा पनि काम गरेर देखाउने पक्षमा रहेको बताए ।
https://www.youtube.com/watch?v=z0XxF0Khl30



