https://www.youtube.com/watch?v=j1a9YwNTTTA
बिष्णुप्रसाद पोखरेल
दमक/दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दमकका केहि ठूला योजनाहरुको काम शुरु भएको बताएकाछन् । उनले दमकको ठूलो योजनको रुपमा अघि बढेको दमक सभाहल निर्माणको काम शुरु भइसकेको जनाएकाछन् ।
राजधानी बाहिरको सबैभन्दा ठूलो सभाहलको रुपमा दमकमा आधुनिक तथा सुबिधासम्पन्न दमक सभाहल निर्माणको काम अघि बढेको हो । यसमा एकैपटक १४ सय जनासम्म मानिसहरु अटन सक्छन् ।
यसलाइ शुरुमा फाल्गुनन्द सभागृह भनिएपनि अहिले यो दमक सभागृहको रुपमा निर्माण शुरु भएको छ । निर्माण सम्पन्न गर्न करिब ३ बर्ष लाग्ने र ४४ करोड लागत लाग्ने जनाईएको छ ।
शहरी बिकास डिभिजन कार्यालय इलामले यसको निर्माण निर्धारीत समयमा गर्ने प्रतिबद्धता जनाएको पनि ओलीले बताउनु भयो । यसलाइ दमक नगरपालिकाले आफ्नो गौरवको योजनाको रुपमा समेत लिएको छ ।
https://www.youtube.com/watch?v=j1a9YwNTTTA



