राप्रपा सहितको बामगठबन्धनले झापा ५ को प्रदेश (क) मा निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिको संयोजकमा एमालेको प्रदेश क्षेत्रीय कमिटीका संयोजक योगराज दाहाल रहेका छन् ।
सह संयोजकहरुमा माओवादी केन्द्रका हुकुमसिंह नेपाली, राप्रपाका खेम तिम्सीना र सचिवमा एमाले गौरादह नगर अध्यक्ष मित्रदेव काफ्ले रहेका छन् ।
यसै गरि बुधबार बसेको बैठकले आर्थिक समितिको संयोजकमा नगेन्द्र भण्डारी, घोषणापत्र मस्यौदा समितिकोमा छत्रपति सुवेदी, महिला बिभागमा गिता भेटवाल, कार्यालय व्यवस्थापनमा यज्ञ भेटवालको संयोजकत्वमा समिति निर्माण गरिएको छ ।
युवा परिचालन समितिको संयोजकमा दुर्गा गौतम, आदीबासी परिचालन संयोजक गगाराम तापुरीया, ज्येष्ठ नागरिक संयोजक गोपाल काफ्ले, जनप्रतिनिधी परिचालन समितिको संयोजकमा मेनका काफ््ले रहेका छन् । सो क्षेत्रबाट सयुक्त बाम गठबन्धनका तर्फबाट एमाले केन्द्रीय सदस्य हिक्मत कार्कीको उम्मेदारी परेको छ ।



