२०७४-झापा क्षेत्र नम्बर एकका कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्मा र वाम गठबन्धनका उम्मेदवार राम कार्की (सुरेन्द्र कार्की) भेट हुन साथ एक अर्कालाई अंगालो हाले । हात मिलाए र शुभकामना दिए ।

दुई निकट प्रतिस्पर्धीबीच यस्तो सौहार्दता हुनु धेरैका लागि अनौठो हुन सक्छ । किनकी अन्य क्षेत्रका उम्मेदवारहरु खुला रुपमा गालीगलौजमा उत्रिएका बेला शर्मा र कार्की भने एउटै मंचमा एकले अर्कोलाई सम्मान र आदर गर्दै आफ्ना कुरा राख्छन् । प्रतिस्पर्धाबीच असल राजनीतिक संस्कार बसाल्न उनीहरुले प्रयास थालेका छन् ।

यतिसम्म कि जसले जिते पनि झापा १ को विकासका लागि राम्रै हुने बताउँछन् । कान्तिपुरले मंगलबार गरेको अन्तरक्रिया कार्यक्रममा दुबै नेताले एउटै स्वरमा भने, ‘जसले जिते पनि हामी असल राजनीतिक संस्कार बसाल्न चाहन्छौ । अरु क्षेत्रबाट हेर्दा अभिनय गरेजस्तो देखिन सक्छ ।’

एउटै मंचमा बसेर दुबैले आआफ्नो चुनावी मुद्दा स्पष्टसँग राखे । उनीहरुले राष्ट्रका लागि दुबै नेताको आवश्यकता भएको बताए । वामगठबन्धनका उम्मेद्वार कार्कीले कांग्रेसका भविष्य भएका नेताको रुपमा शर्मालाई अघि सारे । ‘कांग्रेसमा उदयीमान नेताको रुपमा विश्वको नाम आउँछ’ कार्कीले भने ।

शर्माले लामो समय कम्युनिस्ट आन्दोलनमा संघर्ष गरेको पूर्वको अनुभवी नेताको रुपमा कार्कीलाई चिनेको बताए । ‘राम दाइ मभन्दा अनुभवी नेता हुनुहुन्छ, उहाँ संघर्षशील नेता हो । म आदर गर्छु ।’ केही समय उनीहरुले एकअर्काको प्रशंसामा खर्च गरे ।

यी दुई उम्मेदवारले एक अर्कालाई सम्मान मात्र गरेनन्, कटाक्ष पनि गरे । जुन कटाक्ष वौद्धिक रंग मिसिएको थियो । ‘झापा १ म जन्मिएको ठाउँ हो, मातापितालाई दागबत्ति दिएको ठाउँ हो । पढेको र बढेको ठाउँ हो । म मरेपछि जलाउने नदी पनि यही छ । त्यसैले मलाई जिताउने हात मतदाताको छ’ कांग्रेस उम्मेदवार शर्माले भने ।

माओवादी नेता एबं गठबन्धनका उम्मेदवार कार्कीले त्यसको प्रतिवाद गरे । ‘जन्म हातमा हुँदैन, कर्म हातमा हुन्छ । मेरो यो क्षेत्रसँग भावनात्मक सम्बन्ध छ । मैले यो क्षेत्रमा पार्टी इञ्चार्जको रुपाम धेरै समय बिताएको छु । मेचीमा म मात्र माओवादीबाट प्रतिनिधिसभामा उम्मेदवार भएको छु । मलाई जिताउने मतदातामा नैतिक दवाव छ’ उनले तर्क गरे ।

राजनीतिमा हारजित हुनु स्वभाविक भएको भन्दै दुबै नेताले जसले जिते पनि माला लगाइदिने जनाए । ‘राम दाइले जिते म आफ्नौ हातले उनेको माला लगाइदिने छु’ शर्माले यो भनिरहदा माओवादी उम्मेदवार कार्कीले मुस्काउँदै भने, ‘मबाट पनि त्यस्तै हुनेछ ।’

उसो भए तपाई एकले अर्कोलाई भोट हाल्छु हुन्छ त ? भन्ने प्रश्नमा दुबैको भनाइ थियो, ‘भावनात्मक रुपमा हामी एकअर्कालाई सम्मान गर्छौ ।’

वौद्धिक नेताका रुपमा चिनिएका शर्मा र कार्की एउटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा हुनु संयोग हो । उम्मेदवार टुंगो लाग्नु अघि दुबै उम्मेदवार फरकफरक क्षेत्रबाट उठ्ने चर्चा चलेको थियो ।

 

दुबै नेताले राजनीतिक र वैचारिक संघर्ष भएकाले चुनावी मैदानमा उत्रनु स्वभाविक भएको बताए । चुनावमा स्वस्थ प्रतिस्पर्धा हुनु पर्ने मान्यताका साथ दुबै नेता एउटै मंचमा रहेर बहस गर्छन् । आफ्ना कुरा राख्छन् ।

‘झापा १ वामपन्थी ब्याड हो, यहाँबाट धेरै कम्युनिस्ट जन्मिएका छन्’ कार्कीको तर्क छ, ‘यसकारण पनि मलाई सजिलो छ ।’ उनलाई यो क्षेत्रमा समर्थन गरेको छ ।

वामपन्थी गठबन्धन टिकाउ नहुने तर्क गर्दै शर्माले आफू यो क्षेत्रको रैथाने उम्मेदवार भएकोले मतदाताले न्याय गर्ने बताए । ‘म केही गर्नुपर्छ भनेर आफ्नो भूमिमा फर्केर आएको हुँ । अघिल्लोपटक पराजित भए पनि मैले यो क्षेत्रमा निरन्तर बस्दै आएको छु ।’ दोस्रो संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासंग ६ सय ८९ मतले पराजित भएका थिए ।

कार्की २०६४ को निर्वाचनमा ताप्लेजुङबाट उम्मेदवार भई पराजित भएका थिए ।

‘विचार मिल्ने एक हुनु राम्रो’

राजनीतिक रुपमा विचार मिल्ने शक्ति एक ठाउँमा उभिनुपर्ने दुबै उम्मेदवारको भनाइ छ । देशको विकास हुने राजनीतिनै अहिलेको आवश्यकतना भएको उनीहरुको भनाइ छ ।

‘दलले जित्दा देशले हार्नु हुँदैन’ कांग्रेस उम्मेदवार शर्माले भनाइ छ, ‘विचार मिल्नेहरु एकठाउँमा उभिनुपर्छ ।’

माओवादी उम्मेदवार कार्कीले कांग्रेसले विचार मिल्ने शक्तिसँग मिलेर जानु राम्रो हुने बताए । ‘सबै मिलेर मुलुकलाई संक्रमणबाट पार लगाउनुपर्छ ।’ कान्तिपुरबाट

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah