पुर्व सांसद तथा मोरङ चार नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अमनलाल मोदीले विराटनगरलाई प्रदेशको राजधानी बनाउनका लागि संसदमा फेर पनि कुर्सी भाँचिने गरि संघर्ष गर्न आफु तयार रहेको बताएका छन् ।

प्रेस सेन्टर र प्रेस चौतारी मोरङले बिहिबार विराटनगरमा आयोजना गरेको उम्मेदवार भेटघाट कार्यक्रममा बोल्दै मोदीले विराटनगर नगरलाई आफुहरुले संघर्ष गरेर महानगर बनाएको र एक नम्बर प्रदेशको राजधानी बनाउने पक्षमा रहेकोले अवरोध आए फेरि पनि कुर्सी भाँचिने गरि संघर्ष गर्न आफु तयार भएको बताएका हुन ।

दोस्रो संविधानसभा निर्वाचनमा मोरङबाट समानुपातिक सभासद चयन भएका मोदीले तत्काल संसदमा चार वर्षअघि कुर्सी तोडफोड गरेका थिए । उनले भने, ‘विराटनगरलाई राजधानी बनाउन चलखेल भए म संसदमा पुगे भने फेरि कुर्सी भाँच्ने सम्मको सघर्ष गर्न तयार छु । ’

हक्की र प्रस्ट वक्त्ता मोदीले पहिलो पटक सांसद भएर आफुले संविधान निर्माण गर्न मात्र नभइ आफनो क्षेत्रको विकासका लागि पनि उल्लेखनीय भुमिका खेलेकोले आफु विजयी भएमा बिकासका लागि कुनै कन्जुस्याई नगर्ने बताए ।

विराटनगरलाई प्रादेशिक राजधनी बनाउने , विमानस्थल स्तरोन्नती गर्ने , रिंगरोड बनाउने , घिनाघाट विराटचौक सडकको स्रोन्नती गर्ने , सबै जातजातिहरुको संस्कृतिको संरक्षण गर्ने , कृषी कलेज स्थापना गर्ने , आधुनिक कृषी बजार निर्माण , वथनाह कटहरी रेल संचालन र औधोगिक बिकाससँगै युवा शसक्तिकरणलाई उम्मेदवार मोदीले आफ्नो चुनावी एजेण्डा बनाएका छन् ।इनयापत्रीकामा खबर रहेको छ।

मोरङ ४ नम्बरमा वाम गठबन्धनबाट प्रदेशसभा क मा विजय विश्वास थारु र ख मा जीवन घिमिरे उम्मेदवार बनेका छन् ।
यो क्षेत्रमा प्रतिनिधिसभामा कांग्रेस केन्द्रिय सदस्य तथा पुर्व मन्त्री महेश आर्चाय र प्रदेशसभा क मा भक्ति माझी र ख मा विश्वनाथ रिजालले वाम गठबन्धनका उम्मेदवारहरुसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

४७ हजार बरावर मतदाता रहेको मोरङ ४ मा विराटनगर महानगरपालिकाको १,२,३,८, १०, नम्बर वडा बेलबारी नगरपालिकाको ५,६,७ वडा र बुढीगंगा गाउँपालिका सहित कटहरी गाउँपालिकाको १,२,३,४,५,६, ७ नम्बर वडा पर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah