काठमाडौं, २३ कात्तिक– काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाको सदस्यमा उम्मेदवारी दिएका पूर्व स्वास्थ्यमन्त्री गगन थापा यतिवेला चुनावी कार्यक्रममा व्यस्त छन् । आइतबारदेखि मतदाताको घरघरमा पुगेर मत माग्दै हिडेका थापाले आइतबार डिल्लीबजार क्षेत्र, सोमबार रातोपुल क्षेत्र र मंगलबार कपनको विभिन्न बस्तिमा पुगेर जनतासंग भोट मागे । माइक स्पिकर र पार्टीको झण्डा बोकेका कार्यकर्ता र शुभचिन्तकहरुको साथमा उनी चुनावी प्रचारमा लागेका छन् ।

मंगलबार विहान कपनको तल्लो क्षेत्रमा चुनावी प्रचारमा लागेका गगन दिउँसोको समयमा राष्ट्रिय शहिद तथा निजामती पार्क परिसरको जगडोल क्षेत्रका घरघरमा पुगेर भोट माग्दै हिडे ।

गगनको प्रचारमा ६८ वर्षीया भट्टराई

युवाहरुको माझमा लोकप्रिय थापाको प्रचारप्रसारमा पार्टीको झण्डा बोकेर कांग्रेसका नारा लगाउँदै उनका कार्यकर्ताहरु चुनावी प्रचारमा जुटेका थिए । गगनको प्रचारमा युवाहरु मात्रै थिएनन् । उनको प्रचारमा कपनका ६८ वर्षीया वृद्ध नन्दलाल भट्टराई पनि पर्चा बोकेर जनतालाई बाढ्दै थिए ।

सेतै फुलेको कपाल माथि नेपाली ढाका टोपी,दौरा सुरुवाल र स्टकोट र गलामा फेटा बाधेका  भट्टराई विहान ७ बजेदेखी थापाको प्रचारमा हिडेका थिए । स्टकोटको खल्तीमा गगनको चुनावी पर्चा बोकेका भट्टराई दिउँसो ३ बजे जगडोलको डाडामा पुगेर चिया विस्कुट खाए ।

जगडोलमा चिया विस्कुट खादै गरेका भट्टराईले लोकान्तरसँगको कुराकानीमा भने ‘म त यहाँका स्थानीयहरुलाई गगनलाई जिताउनु पर्छ भनेर हिडेको, गगन थापा कांग्रेसको राम्रो नेता हुन् ।’ गगन थापाले जनताको घरघरमा पुगेर नमस्कार गर्दै गर्दा उनी ती मतदाताहरुलाई गगनको पर्चा बाड्नमा व्यस्त थिए ।

गगनले सुने मतदाताको कविता

मंगलबार दिउँसो जगडोल क्षेत्रमा भोट माग्दै गरेर गगनले मतदाताको कुरा मात्रै सुनेनन्, कविता पनि सुने । भोट माग्दै हिडेका गगनले भोट दिने आश्वासन मात्रै पाएनन् । घरदलोमा पुगेर भोट माग्दै गरेका गगनलाई मतदाताहरुले छिटै प्रधानमन्त्री बन्नु भनेर आशिर्वाद समेत दिए ।

भोट माग्दै हिडेका स्थानीय मतदाताले दिएको आशिर्वाद पाउदा थापा निकै मख्ख थिए । जगडोलको एक स्थानीय होटमा भोट माग्दै पुगेका थापालाई जगडोलका स्थानीय राममणी पौडेलले भोट दिने आश्वासन संगै कविता समेत सुनाए । पौडेलले होटलको कुर्ची माथि उभिएर गगनलाई आफ्नो कविता सुन्न आग्रह गरे । गगनले पौडेललको आग्रह सहजै स्वीकार गरीदिएपछि उनले आफ्नो कविता सुनाउन थाले ।
पौडेलले कांग्रेस र गगनको प्रशंसा गर्दै कविता लेखेर गगनलाई सुनाए । गगन पौडेलको कविता निकै ध्यान दिएर सुन्दै थिए । पौडेलले गगनलाई कविता मात्रै सुनाएनन्  । गगनको लागि भोट हाल्न आगूह गर्दै २ मिनेट गगनकै अगाडि भाषण पनि दिए ।

गगनको २० कप चिया

विहान ७ बजेदेखि चुनावी प्रचारमा लागेका गगनलाई गाउँगाउँमा पुग्दा जनताले फूल र दोसल्ललाले स्वागत समेत गरे । मतदाताको घरघरमा भोट माग्न व्यस्त भएका गगनलाई भोट माग्न जाँदा स्थानीयले भोट दिने आश्वासन गर्दै दहि,केरा, अमिलो, भोगटे र चिया पनि खुवाएर पठाएका छन् ।

आफ्नो घर सम्मै आइपुगेको थापालाई स्थानीयले खाली मुख पठाएका छैनन् । मंगलबार जगडोलमा घरदैलो अभियानको क्रममा मतदाताको घरघरमा पुगेका थापाले लोकान्तरसंग  भने,‘दिनमा बीस कप भन्दा बढी चिया खाएको छु । मतदाताले माया गरेर दिनभएको हुन्छ नखान पनि मिलेन । मतदाताले दहि, केरा देखी चिया खुवाउनु हुन्छ ।’

‘कहिलेकाही त खाना नै मतदाताले खुवाएको दहि, केरा, चिया हुन्छ । घरदैलो अभियानको बेला त उम्मेदवारलाई सबैले खुवाउछन् । हामी खाको खाइ कार्यकर्ता भोकै पनि हुनसक्छन् ।’ थापाले आफ्नो चुनावी प्रचारलाई विहान ७ बजे देखि १२ र दिउँसो २ देखि साँझसम्म गरेर  विभाजन गरेका छन् ।

अबको एक महिना काठमाडौं क्षेत्र नंबर ४ का मतदाताको घरघरमा पुग्ने भोट माग्ने र चुनावी सभाको आयोजना गर्ने उनको योजना रहेको छ ।

राजन र सुबुनाको पनि आक्रामक प्रचार

काठमाडौं ४ मा वामपन्थी गठबन्धनको तर्फबाट एमालेका राजन भट्टराई उम्मेवार छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीवार राजनको चुनावी क्षेत्रमा गएर भोट मागेका छन् । ओलीले भट्टराईलाई भावी परराष्ट्रमन्त्रीको रुपमा चित्रण गर्दै भोट मागे ।

काठमाडौं ४ मा विवेकशील साझा पार्टीकी सुबुना बस्नेत पनि प्रतिनिधिसभा तर्फ नै उम्मेदवार छिन् । २६ बर्षीया सुबुनाले पनि आक्रामक प्रचार गरिरहेकी छिन् । भर्खरै एमबीएको अध्ययन सकेर राजनीतिमा होमिएकी सुबुना आफूले नै चुनाव जित्ने दावी गर्दै आएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah