सवालनेपाल डेक्स
दमक/ नेकपा एमालेका चर्चित नेता एवं ललितपुर क्षेत्र नं.१ प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार नवराज सिलवाल देशमा स्थिरता कायम गर्दै जन चाहाना अनुसारका बिकासका सपनाहरु साकार पार्न आफूहरु उम्मेदवारी रहेको बताएकाछन् ।
उनले जनताका बिकासका आँकाक्षाहरु पुरा गर्ने, दैनिक जनजिबिकाका सवालमा नयाँ आयामहरु ल्याउने सिलवालले जनाए । आफ्नो क्षेत्रको पर्यटकीय गन्तब्यलाइ पनि उजागर गर्ने प्रतिबद्धता जनाएकाछन् । आफ्नो क्षेत्रबाट बाम गठबन्धनको बिजय यात्रा शुरुवात भएको दाबी पनि गरेकाछन् ।
गरिबी र पछौटेपनलाइ छाड्नु पर्ने भन्दै यो बाम गठबन्धनबाटमात्र सम्भव भएको सिलवालले जिकिर गरेकाछन् । आम निर्वाचन ठूलो अभियान भएको पनि सिलवालले जनाए ।
https://youtu.be/czR1Y4bFzqg
अवसर र चुनौती भएको बताउदै सिलवालले हरेक घरघरबाट निस्केर यसमा सहभागि हुन आग्रह गरे । एकभोटले मूलक परिवर्तन हुने र यसको मूल्य आर्थिक लेनदेनसंग तुलना नै गर्न नमिल्ने सिलवालले बताए ।
जनताका भोटहरुलाइ, अभिमतहरुलाइ, अभिमान र स्वभिमानलाइ खरिद गर्ने चेष्टा गर्छू भन्नेहरुलाइ चिर्नु पर्ने भन्दै यस दिशामा लाग्न मतदाताहरुले सिलवालले आग्रह पनि गरेकाछन् ।
https://youtu.be/czR1Y4bFzqg



