प्रदेश र प्रतिनिधिसभाको चुनाव नजिकै आईरहेका बेला कोहलपुरमा एक नेतामाथी गोली प्रहार भएको छ ।

अज्ञात समूहले राप्ती–सोनारी गाउँपालिका–९ का वडा अध्यक्ष महावीर ओलीमाथि कोहलपुरमा गोली प्रहार गरेको हो । अज्ञात समूहले विहीवार राती करिव ९ बजे भौतिक आक्रमण पछि गोली प्रहार गरेको थियो ।

निर्माण व्यवसायी समेत रहेका वडा अध्यक्ष ओलीमाथि विहीबार राति कोहलपुरस्थित उनको निवासमा गोली प्रहार भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिए ।

पेस्तोलले हाने पनि गोली उनको शरिरमा नलागेकोले दुर्घटना हुन नपाएको उनले बताए । उनको घरमा नागरिक अस्पताल समेत छ । अस्पताल यहि हो भनेर सोधेको र ढोका खोल्ने क्रममा अपरिचित व्यक्तिले गोली प्रहार गरेको पीडित ओलीले बताए ।

गोली प्रहार भएको बारे अनुसन्धान भइरहेको डिएसपी भट्टराईले बताए । घटना स्थलबाट स्थानीयले पेस्तोलको गोली फेला पारेर प्रहरीलाई बुझाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah