अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला इन्जिनियर र सहायक इन्जिनियरको साथबाट २० लाख ३० हजार घुस सहित रंगे हात पक्राउ गरेको छ । शुक्रबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला इन्जिनियर केदार शर्मा र सहायक इन्जिनियर डण्डीराज पाण्डेको साथबाट सेवाग्राहीबाट घुस लिएको रकम बरामद गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रवक्ता खेमानन्द पाठकले सेवाग्राहीबाट घुस लिदालिदै गरेको अवस्थामा दुवै इन्जिनियरलाई पक्राउ गरेको बताए । उनका अनुसार सेवाग्राहीबाट घुस लिएको नगद ६ लाख रुपैया प्रमुख जिल्ला इन्जिनियर शर्माको निवासबाट बरामद गरिएको छ । यस्तै एक ९ लाख र अर्को ५ लाख ३० हजारको बैंकको चेक समेत बरामद गरि कुल २० लाख ३० हजार बराबरको घुसको रकम बरामद गरिएको छ ।

७ नम्बर क्षेत्रका अख्तियारको कार्यालय स्थापना भएदेखि पहिलो पटक कार्यालय प्रमुख र उच्च कर्मचारी घुस सहित पक्राउ गरेको पहिलो उदाहरण हो । यसअघि कार्यालय सहयोगीदेखि नायब सुब्बा सम्म रंगेहात पक्राउ पर्दै आएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले पक्राउ परेका दुवै इन्जिनियरलाई थप कारबाहीका लागि कार्यालय ल्याइएको छ । उनीहरुको दुवैका फाइल तयार गरेको कारबाहीका लागि आयोगमा पठाउने तयारी गरेका छन् ।

विकासे अड्डा जिल्ला प्राविधिक कार्यालयका प्रमुख र जिम्मेवार कर्मचारीले यसरी सेवाग्राहीबाट अवैध रुपमा मोटो रकम घुस लिन नछाड्दा विकास निर्माणमा समेत प्रभाव परेको छ । जिल्ला प्राविधिक कार्यालयसंगै विकास कार्यालयमा अझैपनि कर्मचारी सेवाग्राहीबाट दु:ख दिएर घुस लिने प्रचलन हटेको छैन् । ई नयाँ पत्रीका बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah