धुलाबारी । प्रतिनिधिसभा र प्रदेशसभाको मंसीर २१ गते हुने निर्वाचनका लागि गत कात्तिक १६ गते उम्मेदवारी मनोनयन दर्ता गराएसँगै उम्मेदवारसहित विभिन्न राजनीतिक दलहरु चुनावी कार्यक्रम लिएर जनताको घर दैलोमा पुग्न सुरु गरिसकेका छन् ।

नेपालको राष्ट्रिय राजनीतिमा राम्रै स्थान बनाएका नेताहरुबीच प्रतिष्पर्धा हुने गरी उम्मेदवारी दर्ता भएका कारण झापामा चुनावी चर्चा खुबै चुलिएको छ । झापा क्षेत्र नम्बर १ मा पनि राष्ट्रिय राजनीतिमा चर्चित दुईजना नेताहरु मुख्य प्रतिष्पर्धामा रहेकाले चुनावी प्रतिष्पर्धा रोचक हुने देखिएको छ ।

झापा क्षेत्र नम्बर १ को चुनावी मैदानमा प्रतिनिधिसभामा वामगठबन्धनबाट माओवादी केन्द्रका नेता एवम् पूर्व सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्की उर्फ राम कार्की पार्थ र नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा मैदानमा छन् । यी दुई प्रभावशाली नेताहरुको उम्मेदवारीले क्षेत्र नम्बर १ मा कसको जीत हुन्छ भनेर निकै अड्कलबाजी हुन थालेका छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको चुनावी कार्यगत एकता पछि क्षेत्र नं. १ मा कार्कीले जित्नेछन् भन्ने ती पार्टीका नेता कार्यकताहरु बताउँछन् । तर नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु कार्कीलाई ‘टुरिष्ट उम्मेदवार’को संज्ञा दिँदै गाउँठाउँकै युवा विश्वप्रकाशले नै जित्ने दावी गर्छन् ।

प्रस्तुत पङ्तिहरुमा ती राजनीतिक दलहरुबाट उम्मेदवार बनाइएका ३–३ जना उम्मेदवारले पाउने मतको आंकलन गर्ने प्रयास गरिएको छ । विगतमा भएका चुनावका उम्मेदवार, मतदाता संख्या र निर्वाचन क्षेत्र समेटिएको भूगोल सबैको विश्लेषण गर्दा प्रस्तुत हरफहरुले तथ्यको नजिक पुर्याउन सक्छ ।

प्रदेशसभामा सो क्षेत्रको (क) बाट नेपाली कांग्रेसका केशवराज पाण्डे र (ख) बाट अशोक पोखरेल उम्मेदवार बनेका छन् । यसैगरी वाम गठबन्धनबाट (क) मा श्रीप्रसाद मैनाली र (ख) मा गोपालचन्द्र बुढाथोकीलाई अघि सारिएको छ ।

यसअघिका संसदीय निर्वाचन र हालै सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार मनेर हेर्दा क्षेत्र नम्बर १ मा वाम गठबन्धन निक्कै अगाडि देखिन्छ । क्षेत्र नम्बर १ मा मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिकाको वडा नं. ४, ५, ६ र ७ तथा भद्रपुर नगरपालिकाको वडा नम्बर ९ र १० समेटिएका छन ।

सिङ्गो झापा जिल्लाका ५ लाख ८५ हजार २३६ जना मतदातामध्ये एक लाख पाँच हजार ४८१ जनाले सो क्षेत्रबाट मतदान गर्न पाउनेछन् । जसमा पुरुष ५२ हजार ६३३ जना र महिला ५२ हजार ८४८ जना मतदाता छन् ।

विगका अधिकांश निर्वाचनहरुमा सबैभन्दा धेरै ७५ प्रतिशत हाराहारीसम्म मतदान भएको र बढीमा २ प्रतिशतसम्म मत बदर भएको इतिहासलाई नियाल्दा ८० हजार हाराहारी मत खस्ने र दुई हजार हाराहारीसम्म मत बदर हुने आंकलन गर्न सकिन्छ ।

क्र. सं.  स्थानीय तह जम्मा मतदाता संख्या
क. मेचीनगर नगरपालिका  ८०,९१०
ख. भद्रपुर नगरपालिका वडा नं. ९ र १०   १०,६२८
ग.  बुद्धशान्ति गाउँपालिका वडा नं. ४, ५, ६ र ७   १३,९४३
                                                                जम्मा १,०५,४८१

स्थानीय तह निर्वाचनमा वडाको मतलाई समेत आधार मान्दा क्षेत्र नम्बर १ मा एमाले, माओवादी र राप्रपाले प्राप्त गरेको कूल मत ३९ हजार ३१० हो । नेपाली कांग्रेसले भने २१ हजार ६२१ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्याङ्कमा भेटिन्छ ।

यसरी हेर्दा राप्रपा सहित वाम गठबन्धन कांग्रेस भन्दा १७ हजार ६८९ मतले अगाडि रहेको छ । तर कांग्रेसका समर्थकहरु यस कुरालाई मान्न तयार छैनन् ।

नेपाली कांग्रेसका मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी नेपाली कांग्रेसको जीत सुनिश्चित रहेको दाबी गर्छन् । उनले विगतका निर्वाचनलाई नै आधार मन्ने हो भने चुनावै नगरी सोही पार्टीका उम्मेदवारलाई विजयी घोषणा गरिदिए भइहाल्थ्यो होला नि ! भन्ने टिप्पणी गरेका छन् ।

बुढाथोकीका अनुसार वाम गठबन्धनका सुरेन्द्र कार्की पाहुना उम्मेदवार भएका कराणले कांग्रेसको जीत सुनिश्चित भएको हो । उनले विश्वप्रकाश शर्मा यहीँको स्थानीय नेता भएको र यहीँका जनतासँग घुलमिल भएको उम्मेदवार भएका कारण कांग्रेसको जीतको मुख्य आधार भएको दाबी गरे ।

झापा बाहिरको नेता वाम गठबन्धनको उम्मेदवार बनेर आएका कारण कांग्रेसलाई विजय हासिल गर्न सहज बनेको कांग्रेस समर्थकहरुको तर्क छ ।

तर एमाले तथा माओवादीका कार्यकर्ताहरु भने वाम गठबन्धनले नै जित्ने प्रष्ट भएकाले कुनै आशंका नगरी आफ्ना एजेण्डाहरु नै जीतका मुख्य आधार रहेको बताउँछन् । सो क्षेत्रमा यसअघिका एउटा संसदीय निर्वाचन बाहेक सबै संसदीय निर्वाचनमा कम्युनिष्ट पार्टी नै पहिलो भएका कारणले गर्दा पनि वाम गठबन्धनको जीत निश्चित रहेको एमाले मेचीनगर अध्यक्ष राजु पोखरेलले स्मरण गराए ।

उनले भने, नेकपा एमालेमात्रै हुँदा पनि पहिलो र दोस्रो भइरहेको निर्वाचन क्षेत्रमा यो पटक तेस्रो चौथो राजनीतिक दल पनि गठबन्धनमा रहेकाले कांग्रेसको वाम गठबन्धनको भन्दा आधा नै तल छ । मतदाताले आफ्नो विवेकलाई सही प्रयोग गरेको अवस्थामा कांग्रेस पत्तासाफ बन्ने निश्चित छ ।

नेकपा माओवादी केन्द्रका मेचीनगर इञ्चार्ज प्रकाश भण्डारी वाम गठबन्धनका उम्मेदवारलाई क्षेत्र नं. १ भन्दा बाहिरको भन्ने आरोप लगाउनु भनेको कांग्रेसीहरुले छिमेकीलाई नै नचिन्ने कुरा प्रष्ट भएको तर्क गर्छन् । छिमेकीलाई नै नचिन्नेहरुले अवसर पाएमा मतदातालाई कसरी चिन्छन् ? प्रश्न गर्दै भण्डारीले राम कार्कीको पुख्र्यौली घर शान्तिनगरमा रहेको बताए । कार्कीको एउटा बसोबासस्थल काँकरभिट्टामा र अर्को धुलाबारीभन्दा मास्तिर रहेकाले बाहिरको उम्मेदवार भन्ने तर्क नै गलत रहेको भण्डारी बताउँछन् ।

वाम समर्थकहरु र कांग्रेस समर्थकहरुले आफ्नै जीतका आधारहरु प्रस्तुत गरे पनि कसको जीत हुने हो त्यो हेर्न भने मंसीर २१ गते हुने निर्वाचनको अन्तिम मतपरिणाम नै पर्खनु पर्ने हुन्छ ।

(पत्रकार प्रतिक न्यौपानेको सहयोगमा) 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah