गौरादह/झापा जिल्लाको दक्षिण पश्चिमी क्षेत्रमा रहेको गौरादह नगरपालिकाभित्रका सडकका छेउछाउमा बाँधिएका र खुल्ला छोडिएको चौपायाहरुबाट सडक दुर्घटना भए दुर्घटनाको जवाफदेही र क्षति सम्बन्धि चौपाया धनीले व्यहोर्नु पर्ने भएको छ ।

गौरादह नगरापालिका वडा नं.१ को वडा कार्यालयमा शनिबार भएको नगर प्रमुख रोहितकुमार शाह, वडा अध्यक्षहरु नगेन्द्र भण्डारी, हेमन्त कार्की, गजेन्द्र घिमिरे, छत्रपति सुवेदी, बलराम खरेल, गौरादह उद्योग बाणिज्य संघ, यातायात व्यवसायी, उद्योगी व्यवसायीहरु, इलाका प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिहरुको एक भेलाले उक्त निर्णय गरेको हो ।

भेलाले नगरका बजार क्षेत्रभित्रका सडक खण्डहरुमा राखिएका निर्माण तथा व्यापारी प्रयोजनका सामग्रीहरु समेत सडक खण्डमा नराख्न समेत अनुरोध गर्ने र सार्वजनिक सूचनाजारी गर्ने यदि नियमको उलङ्घन गरेमा कानुन अनुसारको कार्वाही समेत हुने निर्णय गरेको वडा नं. १ का वडा अध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिए ।

बजारभित्र व्यापारी प्रयोजन र निर्माण सामग्रीहरुले गर्दा बजार अव्यवस्थित भएको र सडक दुर्घटनालाई न्यूनिकरण गर्न समेत सामग्रीहरु सडक खण्डबाट हटाउन अनिवार्य भएकोले उक्त निर्णय गर्नु परेको वडा नं. २ का वडा अध्यक्ष हेमन्त कार्कीले जानकारी दिए ।

भेलाले गौरादह नगरपालिका, इलाका प्रहरी कार्यालय, गौरादह उद्योग बाणिज्य संघ र ट्राफिक कार्यालयले संयुक्त रुपमा सडक र बजार व्यवस्थापनको अनुगमन समेत गर्ने निर्णय गरेको गौरादह ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज शंकरप्रसाद यादवले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah