दमक। नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीले आफुले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्ने दाबी गरेका छन् । आगामी मंसिर २१ गते हुने निर्वाचनमा आफ्नो जित निश्चित रहेको बताउँदै बिगत लामो समयदेखी बारम्बार एउटै उम्मेदवारलाई जिताउँदा पनि यस ठाउँको केहि विकास नभएको भन्दै आगामी निर्वाचनमा यस क्षेत्रका नागरिकले परिवर्तन चाहेकोले आफ्नो जित निश्चित रहेको दाबी गरेका हुन् ।

नेपाल महिला संघ क्षेत्रीय समितिले आइतबार दमकमा आयोजना गरेको कार्यक्रममा बोल्दै उम्मेदवार अधिकारीले यस क्षेत्रमा मधेसी समुदायको पनि ठुलो संख्या रहेको भन्दै आधि मधेस र मधेसीलाई अधिकार दिन नचाहने एमाले र त्यसको नेतृत्व केपी ओलीलाई मधेसी समुदायले आफ्नो प्रतिनिधि चुन्नै नसक्ने उनलेले बताए ।

आफ्नो अधिकारको लागि लड्दा शहिद भएको मधेसी समुदायलाई रुखबाट दुईचार वटा आँप झर्दैमा केहि फरक नपर्ने प्रतिक्रिया दिने एमाले अध्यक्ष ओली जनताको असली अभिभावक हुन नसक्ने उनले सुनाए  । त्यसैगरी आफ्ना पुर्खाहरुको चिहान खनेर रंगशाला बनाउन सहयोग गर्ने आदिवासी जनजातीको पहिचान नामेट गर्न खोज्ने ओली आदिवासी जनजाती समुदायको पनि प्रतिनिधि हुन नसक्ने भन्दै सबै समुदायको मतले आफ्नो जित निश्चित रहेको अधिकारीले दाबी गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah