https://www.youtube.com/watch?v=eJGb5yC5r2g
दमक/झापाको दमकमा शनिबार दमकस्थित त्रिवेणि गेष्ट हाउसमा हत्या गरिएका राजेश मल्लिकको हत्याको बिषयमा अहिले सर्वत्र चासो भएको छ ।
स्थानीय हिमालय माबिमा कक्षा १२ मा अध्ययनरत मल्लिकको हत्याको प्रकृतीले कुनै जानकार ब्याक्तिले योजनाबद्ध हत्या गरेको जस्तो देखिएको प्रहरी श्रोतको भनाइ रहेको छ । अनुसन्धनामा संलग्न रहेको प्रहरी श्रोतले भन्यो–‘कहाँ छुरा प्रहार गर्दा छिटो मृत्यु हुन्छ भन्ने जानेबुझेको मान्छेले नै छुरा हानेको जस्तो देखिन्छ ।’

गेष्ट हाउसभित्र कोठामा हत्याको प्रकृतीमा चिनजान भएर गफगाफ पछि नै हत्या भएजस्तो देखिएको घटना प्रकृतीलाइ प्रत्यक्ष नियालेका एक प्रहरी अधिकृतले जनाए । उनले अनुसन्धानकै क्रममा रहेकाले अहिले नै केहि भन्न नमिल्ने जनाउदै अपराधि टाढा नरहेको र चाँडै पत्ता लाग्ने पनि उनको भनाइ छ ।
प्रहरीले केहि ब्याक्तिलाइ ल्याएर सोधपुछ पनि गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । आइतवार बिहान बिद्यार्थीहरुले हत्याको बिरोधमा र्याली निकालेपछि अझ यस बिषयमा चासो बृद्धि भएको छ ।
बिद्यार्थीहरुले समेत चाडो हत्यारा पत्ता लगाएर कार्वाही गर्न माग गरेकाछन् । घटनास्थलमा भएको चक्कु र कुकुरले पत्ता लगाएको चप्पलको आधारमा अपराधि खोज्ने काम भइरहेको प्रहरीको भनाइ छ ।
दिउसो हत्या भएको प्रहरीको भनाइ रहेको छ । साँझ छ बजे थाहा पाएर त्यहाँ प्रहरी पुग्दा रगत सबै सुकिसकेजस्तो प्रष्टै देखिएको र घटना भएको निक्कै समय भएको प्रहरी अनुमान थियो ।
https://www.youtube.com/watch?v=eJGb5yC5r2g
होटलमा एक्लो भएको अवस्थामा थाहा पाएर र हत्या गर्ने उदेश्य बोकेर नै यो अपराध भएको हुन सक्ने भन्दै चाडो हत्यारा पत्ता लगाउन प्रहरीलाइ पनि दबाब रहेको छ । सामाजिक सञ्जालमा हत्याको बिरोध गर्दै चाडो अपराधि पत्ता लगाएर सार्वजनिक गर्नका लागि माग गरिएको छ ।




