माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)ले आज त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.तिर्थ खनियां समक्ष विभिन्न माग सहितको ज्ञापनपत्र पेश गरेको छ।
त्रिविका देशभरका कलेजलाई फ्रि वाईफाई जोन वनाउनुपर्ने,विश्वविद्यालयको गुणस्तर अभिवृद्धि,शैक्षिक सुधार,छात्रवृत्ति,पुर्वधार विकास,शुल्कवृद्धि घटाउनुपर्ने लगायतका माग आज क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ नेतृत्वको टोलीले उपकुलपति समक्ष पेश गरेको हो।
आजको सुचना प्रविधिको युगमा हरेक विद्यार्थीलाई ताजा अपडेटका लागि देशभरका सवै कलेजमा फ्रि वाईफाईको माग गरिएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले वताए।क्रान्तिकारीले विश्वविद्यालयका हरेक तहका प्रश्नपत्र अंग्रेजी र नेपाली दुवै भाषामा हुनुपर्ने माग पनि राखेको बस्नेतले जनाए।
ज्ञापनपत्रमा त्रिविले नयाँ कार्यक्रममा सम्वन्धन दिदा आङ्गिक क्याम्पसलाई प्राथमिकता दिनुपर्ने,आङ्गिक कलेजमा निजी तवरवाट संचालित कार्यक्रमको पुर्ण स्वामित्व अविलम्ब विश्वविद्यालयले लिनुपर्ने लगायतका माग समेत गरेको छ।



