एमाले अध्यक्ष केपी शर्मा ओली यतिबेला आफ्नो गृहजिल्ला झापाका निर्वाचन कार्यक्रममा सहभागि भइरहनु भएको छ ।

आइतबार उहाँले आफ्नो निर्वाचन क्षेत्र झापा ५ का बिभिन्न ठाउँमा कार्यकर्तासँग भेटघाट गर्नु भयो भने त्यहाँ आयोजित चुनावीसभालाई संवोधन गर्नु भयो । उहाँले गौरादह, डोरामारी, ग्वालडुव्वा र गौरीगन्जमा आयोजित संयुक्त चुनावी सभालाई संवोधन गर्नु भयो ।

आफ्नो भूमीगत जीवन र प्रजातन्त्र पुर्नस्थापनापछिका आफ्ना राजनीतिक गतिविधि स्मरण गर्दै उहाँले वाम गठवन्धनका उम्मेद्वारलाई जिताउन आग्रह गर्नुभयो । आफूले राष्टिय राजनीतिमा ध्यान केन्द्रित गर्नुपर्ने हुँदा चाहँदा चाहँदै पनि नियमित रुपमा आउन नपाएको तर सम्झना भने ताजै रहेको बताउनु भयो ।

आफूले सरकारको नेतृत्व गरेपछि देशमा बिकासको सोच र कार्यक्रमसहित अघि बढेपछि देशी र बिदेशी षड्यन्त्रमा सरकार ढालिएको भन्दै अव कसैले ढाल्न र हल्लाउन नसक्ने सरकार बनाएर देश बिकास गर्ने उहाँले बताउनु भयो । कार्यक्रममा सहभागिता, संवोधन र वाम उम्मेद्वारलाई बिजयी बनाउन आग्रह गरेपछि अध्यक्ष ओलीले भूमिगत कालमा मिठो चिया पिएको स्मरण गर्दै त्यसै चिपा पसलमा चिया पिउने इच्छा राख्नु भयो । त्यो चिया पसल गौरीगञ्ज ५ (साविक खजुरगाछी) मा पर्दो रहेछ । उहाँले भूमिगत कालमा आउँदा जाँदा उक्त पसलमा चिया पिउने गर्नुभएको रहेछ ।

उहाँले त्यहाँ बाहिर मुढामा बसेर चिया पिउनु भयो । पुरानो स्वादसँग तुलना गर्दै उहाँले भन्नुभयो, पहिलाको स्वाद ६० प्रतिशत मात्रै बाँकी रहेछ । सिसाको ग्लासको सट्टा प्लाष्टिकका ग्लास आएछन् । चिया पिएपछि त्यसको मेसो मिलाउने स्थानीय जयनारायण साहलाई उहाँले धन्यवाद दिनुभयो । निर्वाचन अभियानमा ब्यस्त रहेकै बेला आइतबार नै अध्यक्ष ओलीले अचानक अर्को एउटा आकस्मिक यात्रा तय गर्नुभयो । गौरीगन्ज गाउँपालिका ५ मा रहेको चिलारा टोल जानुभयो । त्यो टोलमा ताजपुरिया वस्ती छ । अध्यक्ष ओलीलाई ९ बर्षदेखि खाना बनाएर खुवाउँदै आएका सहयोगी गोबिन्द ताजपुरीयाको घरमा पुग्नुभयो ।

गौरीगञ्जबाट तीन किलोमिटर दक्षिण पश्चिममा रहेको चिलारामा साँझ ६.२५ मा पुग्नुभएका ओलीले करिव २० मिनेट त्यहाँ बिताउनुभयो । त्यहाँ उहाँले गोबिन्द बुवाको स्वाथ्य अवस्था बुझ्नुभयो, दिदीभिनाजुसँग कुरा गर्नुभयो । त्यसपछि उहाँ दमक फर्कनु भयो । अध्यक्ष ओलीले सोमबार ५ न. क्षेत्रकै स्कुलचौन, वालुवथान, चपरामारी र दामुनामा आयोजित चुनावी कार्यक्रमलाई संवोधन गर्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah