प्रेस विज्ञप्ति

महान तथा गौरवशाली पार्टी नेकपा ( माओवादी केन्द्र )का कार्यालय सदस्य तथा पुर्व मन्त्री द्वय क.वर्षमान पुन ‘अनन्त ‘ र जनार्दन शर्मा ‘ प्रभाकार’ लाई लक्षित गरी निकृष्ट ढंगले गरिएको कायरतापुर्ण र श्रृंखलावद्ध वम आक्रमणको घोर भर्त्सना गर्दछौं। मुलुकमा समावेशी र समानुपातिक प्रतिनिधित्व सहितको संघीय गणतन्त्रको वहालीका लागि अतुलनीय भुमिका निर्वाह गरेका जनताका प्रिय नेताहरुको ज्यानै लिनेसम्मको मनसाय राखी गरिएको यो हर्कत हदैसम्म निन्दनीय छ। वाम गठवन्धनवाट तिल्मिलाएको सरकारले चुनाव विथोल्न अनेक वहानावाजी खोजिरहेका वेला त्यसैलाई वल पुग्नेगरी भएको यो आफैंमा रहस्यमय छ ।

जनवादी क्रान्तिका आधारभुत कार्यभार पूरा गरी वाम एकता गर्दै समाजवाद प्राप्तिको दिशामा सिङ्गो मुलुक एकाकार हुँदै गएको पृष्ठभूमिमा त्यसका प्रमुख अभियन्ताहरु मध्येका नेता माथि भएको यो आक्रमण अत्यन्तै पश्चगामी सोचको द्योतक हो। हामी वाइसीएल नेपाल र अखिल(क्रान्तिकारी)यस खालको वर्वरतापुर्ण,अराजक र अराजनीतिक हमलाको घोर निन्दा र भर्त्सना गर्दछौं। यदि विभिन्न संचारमाध्यममा आए जस्तै यो आक्रमण विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको हो भने अविलम्ब माफी मागेर आगामी दिनमा यो हर्कत नदोहोर्‍याउन चेतावनी दिन चाहन्छौं। साथै मुलुकमा विकसित राजनीतिक परिदृष्यको सामना राजनीतिक रुपमा नै गर्न सम्वद्ध पक्षलाई आग्रह गर्दछौं । यदि यस खालका गतिविधि जारी रहे देशभरका लाखौंलाख युवा विद्यार्थी प्रतिवादमा उत्रन वाध्य हुने चेतावनी दिन चाहन्छौं । पुनश्च : सम्वन्धित पक्षलाई राजनीतिक आवरणमा अराजनीतिक हर्कत नगर्न र चुनावी अभियानमा जुटेका नेता ,कार्यकर्ता र जनताको पुर्ण सुरक्षाको ग्यारेन्टी गर्न सरकार समक्ष अपिल गर्दछौं ।

दिपशिखा अध्यक्ष वाइसीएल नेपाल

रञ्जित तामाङ अध्यक्ष अखिल(क्रान्तिकारी)

२०७४/०७/२७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah