बच्चाबच्चिले खुट्टा बजारेर पनि शेरबहादुर देउवाजस्तो कोहि रेखेको देखेको छैन भन्दै ओलीले दिए यस्तो जवाफ
https://www.youtube.com/watch?v=E5_JLxmLb_E&feature=youtu.be
बच्चाबच्चिले खुट्टा बजारेर पनि शेरबहादुर देउवाजस्तो कोहि रेखेको देखेको छैन भन्दै ओलीले दिए यस्तो जवाफ
https://www.youtube.com/watch?v=E5_JLxmLb_E&feature=youtu.be
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिरको निर्वाचनपछि वामपन्थीहरुको नेतृत्वमा सरकार बन्ने दाबी गर्दै उक्त सरकारमा नेपाली कांग्रेसलाई समेत सहभागी गराउने स्पष्ट पारेका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले ओलीको गृहनगर झापामा आयोजना गरेको चुनावी विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मंसिरपछि वाम गठबन्धनको सरकार बन्ने दाबी गर्दै यसप्रति कसैलाई शंका नगर्न समेत आग्रह गरे ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले वाम गठबन्धनको बहुमत आउँछ त भनेर कसैले प्रश्न सोध्दा आफूलाई आश्चर्य लाग्ने समेत बताए । उनले भने,‘किन बहमुत नआउनु ? एकदम आरामदायाी बहुमत आउँछ, हाम्रो सरकार बन्छ, कति सिट जित्छ भनेर प्रश्न नगर्नुहोस्, फेरि अरुको निद्रा निद्रा हराम हुन्छ, यस्तो किन गर्नु ?’



