दमक / नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस लुटतान्त्रिक पार्टी भएको भएको भन्दै आलोचना गरेकाछन् । काँग्रेसले आफूलाइ लोकतान्त्रिक पार्टी भन्न नसुहाउने भन्दै लुटतान्त्रिक पार्टी भएको आरोप लगाएका हुन् ।
अहिले चुनावको मुखमा रकम धमाधम बाँडेको भन्दै लुटतन्त्रबाट मुलकलाइ जोगाउन बाम गठबन्धन गर्नु परेको बताए । उनले कार्यकर्ताहरुलाइ निर्वाचनपछि पार्टी एक हुने भएकाले ढुक्क भएर निर्वाचनमा होमिन आग्रह पनि गरे ।
मंगलावार बिहान माओबादी केन्द्रले दमकमा आयोजना गरेको कार्यक्रममा ओलीले अब बहुतम ल्याएर आफूहरुले राज्य सञ्चालन गरेर लुटतन्त्रबाट मूलकलाइ लोकतन्त्रमा लैजाने जिकिर पनि गरे ।
क्षेत्रिय इन्चार्ज गगन पुरीको अध्यक्षतामा भएको कार्यक्रममा माओबादी केन्द्रकी महिाला नेतृ धर्मशिला चापागाइ, माओबादी नेताहरु हुकुम नेपाली, बेदु गौतम, बाम बुद्धिजिबि अखिलेश्वर दास लगायले बोलेको थिए ।



