बिनोद पाण्डे/आमसञ्चारबाट

पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वरधाम झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं. ७ मा अवस्थित छ । अर्जुनधारा जलेश्वरधाम झापा जिल्लाको विर्तामोडबाट लगभग ५ किलोमिटर उत्तरको शनिश्चरे बजारबाट पश्चिमतर्फ करीब ५ मिनट जति हिँडेपछि अर्जुनधारा जलेश्वर धाममा पुग्न सकिन्छ । उक्त यात्रा बस, ट्याक्सी आदि चढेर गर्न सकिन्छ ।

अर्जुनधारा धार्मिक र पर्यटकिय हिसावले पूर्वको एक गन्तव्य स्थल हो। खासगरी महाशिवरात्रि, बालाचतुर्दशी, कृष्णजन्माष्टमी, माघे सङ्क्रान्ति आदि अनेक पर्वमा अत्यन्त घुइँचो हुन्छ । जाँड रक्सी र धुम्रपान समेत निषेधित गरिएको अर्जुनधारा क्षेत्र परिसर भित्र अर्जुनले वाण हानी पानी निकालेको प्राचीन पोखरी र यसको बीचमा अर्जुनले गाईलाई पानी ख्वाईरहेको मूर्ति स्थापित गरिएको छ। सातकुने उक्त पोखरीको दक्षिण तर्फ पञ्चधातुबाट निर्मित ५ वटा धाराहरू छन् जसबाट निरन्तर चिसो पानी बगिरहन्छ भने पोखरीभित्र विभिन्न जातका रङ्गी विरङ्गी माछाहरू पाइन्छन्।

२०५५ सालको हुलाक टिकटमा समेत चित्रांकित अर्जुनधारा क्षेत्रमा प्रत्येक बर्ष लाखौं स्वदेशी तथा भारतीय तीर्थ यात्रीहरूले भ्रमण गर्ने गरेको पाइन्छ। यहाँ शिव, गणेश, नाग, हनुमान र सरस्वती आदि देवी देवताका मूर्तिहरूका अतिरिक्त विवाह, कर्मकाण्ड, यज्ञकक्ष, क्रियापुत्री कक्ष, धर्मिक कार्यक्रम वाचन तथा श्रोता कक्ष आदिको स्थापना गरिएको पाइन्छ। यो धाम पूर्वीय दर्शनमा आधारित एवं संस्कृत शिक्षाको उद्गम थलो रहेको छ । यस स्थानमा संस्कृत मा।वि। र वेदविद्यापीठ समेत स्थापना गरीएको छ। कालिका स्थानको गार्गी विद्यापीठ भने गुरुकुल शिक्षा पद्धतिमा आधारित छ । अर्जुनधारा परिसरभित्र संचालित वेद विद्यापीठमा व्राम्हणका अतिरिक्त दलित जातका विधार्थीहरुलाई समेत पढाउने गरीएको छ ।अर्जुनधारामा प्रत्येक वर्ष बालाचतुर्दशी र श्रावण महिनाभर मेला लाग्ने गर्दछ, जुन अवसरहरूमा   देश भित्रका र भारतबाट समेत भक्तजनहरूआउने गर्दछन। ‍‍

नामाकरण : महाभारत कालमा पाण्डवहरू लुकेर यीनै स्थानमा गुप्तवास बसेका र दु्र्‍योधन लगायत कौरवहरूले उक्तपत्ता लगाई पाण्डवहरूको गुप्तवास भंग गर्न विराट राजाका नौ लाख गाईहरू हरण गरी लगेको तथा कौरवहरूले गाई हरण गरेको स्थान गौ हरण तथा यसको अपभ्रंश भई गोरुवा हुदै गरुवा भएको बताइन्छ, जुन स्थान हाल इलाम जिल्लाको दानाबारी गाविसमा पर्दछ। हरण गरेर लगेका गाईहरू कौरव पक्षले गौहटी (हाल आसाम राज्यको गुहाटी) पुर्याएका थिए र पाण्डव पक्षका वीर योद्धा बृहन्नला (नपुसक)को रूपमा लुकेर बसेका अर्जुनले लुटिएका गाईहरू कौरवहरू सँग युद्ध गरी फिर्ता ल्याउँदा अत्यन्तै तिर्खाएकाले जलदेवता भगवान शिवको आरधना गरी जमीनमा प्रर्जन्य अस्त्र ९पानी निकाल्ने यन्त्र, वाणको माध्यमले पानी निकाली गौमातालाई खुवाएको स्थानका रूपमा यस स्थानलाई लिइन्छ। यहाँ निरन्तर धाराको रूपमा पानी बगिरहेको हुनाले यसलाई अर्जुनधारा धाम भनिएको हो भन्ने किवदन्ती छ।

धार्मिक तथा पर्यटकीय महत्त्व : महाभारत कालमा पाण्डवहरू लुकेर यीनै स्थानमा गुप्तवास भंग गर्न विराट राजाका नौ लाख गाईहरू हरण गरी लगेको तथा कौरवहरूले गाई हरण गरेको स्थान गौ हरण तथा यसको अपभ्रंश भई गोरूवा हुदै गरूवा भएको बताइन्छ, जुन स्थान हाल इलाम जिल्लाको माई नगरपालिकामा पर्दछ। हरण गरेर लगेका गाईहर कौरव पक्षले गौहटी(हाल आसाम राज्यको गुहाटी) पुर्यागएका थिए र पाण्डव पक्षका वीर योद्धा बृहन्नला (नपुसक) को रूपमा लुकेर बसेका अर्जुनले लुटिएका गाईहरू कौरवहरू सँग युद्ध गरी फिर्ता ल्याउँदा अत्यन्त तिर्खाएकाले जलदेवता भगवान शिवको आरधना गरी जमिनमा प्रर्जन्य अस्त्र (पानी निकाल्ने यन्त्र,वाणको माध्यम) ले पानी निकाली गौमातालाई खुवाएको स्थानका रूपमा यस स्थानलाई लिइन्छ। यँहा निरन्तर धाराको रूपमा पानी बगिरहेको हुनाले यसलाई अर्जुनधारा धाम भनिएको हो भन्ने किवदन्ती छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah