नेपाली काँग्रेसका नेता नरेन्द्र खड्काले काँग्रेस परित्याग गर्नु भएको छ । झापा धुलाबारी निवासी खड्काले नेपाली काँग्रेस लोकतन्त्र, राष्ट्रियता र समाजबादको सिद्धान्तबाट स्खलित भएकाले आफुले काँग्रेसको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको आज प्रेस बिज्ञप्ती जारी गरी जानकारी गराउनु भएको छ ।

खड्काले बिज्ञप्ती मार्फत बिकृती, बिसंगती र बेथितीको आहालमा नेपाली काँग्रेस डुबिरहेकाले त्यस्तो अवस्थामा आफुलाई पार्टीमा बसिरहन ईच्छा नभएकाले काँग्रेस पार्टीको सबै जिम्मेवारीबाट आजकै मितिबाट राजीनामा गरेको बताउनु भएको छ ।

नेपाल उद्योग वाणिज्य संघका प्रदेश नं. १ का अध्यक्ष समेत रहनु भएका खड्काले यस अघि नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलको जिल्ला सभापति, नेपाली काँग्रेस झापा क्षेत्र नं. १ को उपसभापति समेत जिम्बेवारी सम्हाली सक्नु भएको थियो ।

मेची उद्योग वाणिज्य संघ मेचीनगरको पुर्व अध्यक्ष समेत रहनु भएका खड्काले आगामी दिनमा स्वतन्त्र नागरिकको रुपमा राष्ट्रको सेवामा लाग्ने बिज्ञप्तीमा उल्लेख गर्नु भएको छ । खड्का केही समयदेखी नेपाली काँग्रेसका स्थानीय नेतृत्वसंग असन्तुष्ट रहँदै आउनु भएको थियो ।झापाटाइम्सबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah