काठमाडौं, २९ कात्तिक – वाम गठवन्धनका उम्मेद्वारमाथि लगातार वम आक्रमण भइरहँदा पनि सरकार उदासिन रहेको भन्दै एमालेले मुख्य सचिव लोकदर्शन रेग्मीको ध्यानाकर्षण गराएको छ ।

एमाले पोलिटब्युरो सदस्य तथा केन्द्रीय निर्वाचन परिचालन कमिटीका सदस्य अग्नी खरेलले मुख्य  सचिव रेग्मीलाई बुधवार फोन गरी वाम उम्मेद्वारमाथि आक्रमण भइरहँदा सरकार मुकदर्शक भएर बसेकोमा आक्रोस पोख्नुभएको हो । गृह मन्त्रालय सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाको प्राथमिकतामा वाम उम्मेद्वारको सुरक्षा नपरेकोमा भत्र्सना गर्दै मुख्य सचिवलाई वाम उम्मेद्वारमाथिको आक्रमण जानकारी भए÷नभएको भन्दै तत्काल सुरक्षा दिन आग्रह गर्नुभयो ।

‘सरकारको नीति नै वाम उम्मेद्वारमाथि आक्रमण गर्ने÷गराउने हो ? होइन भने लगातार आक्रमण भइरहँदा सरकारले किन आक्रमणकारीलाई कारवाही गर्न सकेको छैन ? किन वाम उम्मेद्वारलाई सुरक्षा दिन सकेको छैन ?’ खरेलले रेग्मीलाई भन्नुभएको थियो । रुकुममा माओवादी केन्द्रका नेता जनार्दन शर्मामाथिको आक्रमणबाट सुरुभएको यो श्रृखला माओवादी केन्द्रका नेता तथा रोल्पा प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बर्षामान पुन हुँदै भोजपुरमा एमाले पोलिटब्युरो सदस्य तथा प्रदेशसभा सदस्यका उम्मेद्वार शेरधन र सखुवासभाका वाम गठवन्धनका प्रतिनिधिसभा सदस्य राजेद्र गौतमसम्म पुगेको छ । तर सरकारले आक्रमणकारीलाई पक्राउ र कारवाहीसमेत गरेको छैन ।

एमाले नेता खरेललाई मुख्य सचिव रेग्मीले उम्मेद्वारलाई सुरक्षा दिन सरकार गम्भीर रहेको भन्दै तत्काल सुरक्षा निकायको बैठक बोलाई यथार्थ विवरण लिने र उम्मेद्वारलाई सुरक्षा दिने बताउनु भएको थियो । वाम उम्मेद्वारको उचित सुरक्षाको व्यवस्था नभएमा त्यसबाट आउने परिणामको जिम्मा सरकारले लिनुपर्ने चेतावनी खरेलले दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah